पश्चिमेली एकता समाज सञ्जाल गठन

नेपालगन्ज, फाल्गुन,१८-
पश्चिम नेपालका विभिन्न जिल्लाबाट बाँकेमा आएर बसोवास गर्नेहरुले शनिबार पश्चिमेली एकता समाज सञ्जाल गठन गरेका छन् । विभिन्न जिल्लागत रुपमा संगठित भएकाहरुले कर्णाली एकता समाजका नर बहादुर मल्लको अध्यक्षतामा ९ सदस्यीय सञ्जाल गठन गरेका हुन् ।

जसको उपाध्यक्षमा अछामी सेवा समाजबाट टेक बहादुर खड्का, दैलेखी एकता समाजका भरत बहादुर कडायत महासचिव, सिमताली एकता समाजबाट लिलाधर ढकाल सचिव, जाजरकोटी समाजबाट निर्मला गैरे सिंह ठकुरी कोषध्यक्षमा चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यमा सल्यानी सेवा समाजका दसरथ चन्द, कालीकोट एकता समाजका मोहन सिंह महतारा, दङ्गाली एकता समाजका माधवी साह र दैलेखी एकता समाजका निर्मला शर्मा चयन हुनुभएको छ ।