आज सन्दीप लामिछाने र सागर ढकाल चीन जादै

काठमाडौं,असोज,९-नेपाली राष्ट्रिय टोलीका क्रिकेटरद्वय सन्दीप लामिछाने र सागर ढकाल एसियन गेम्सका लागि आज चीन जाने भएको छ।

अदालतमा मुद्दा विचाराधिन रहेकाले सन्दीप नेपाली टोलीसँगै चीन जान पाएका थिएनन्।

ललित राजवंशी घाइते भएर एसियन गेम गुमाउने भएपछि सागर टिममा समावेश भएका थिए।

भिषा समस्याका कारण सागर टिमसँग चीन जान पाएका थिएनन्।

अदालतमा विचाराधिन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज चीन जान लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो।

उनीहरु मध्यान्ह १२ बजेको फ्लाइटमार्फत चीन प्रस्थान गर्ने छन् ।एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आउँदो आइतबार माल्दिभ्ससँग समूह चरणमा खेल्ने छ ।