नेपालगंजको रानी तलाउमा भोली देखि बोटिङ सुविधा

नेपालगन्ज ,कार्तिक,१९-
नेपालगन्ज उपमहानगरपालिका वडा न ८ मा रहेको रानी तलाउमा भोलि देखि अान्तरिक तथा बाह्य पर्यटकहरुका लागि बोटिङ सुविधा सुरु हुने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले वर्षौं देखि जिर्ण र सञ्चालनमा नअाएको उक्त तलाउलाई मर्मतसम्हार गरी पुनः सञ्चालनमा ल्याउने भएको छ । यस भन्दा पहिले पनि अहिलेकै मेयर डा- धवल शमशेर राणा मेयर भएको बेलामा उक्त तलाउ निर्माण गरिएको थियोे ।

अहिले पनि उहाँकै पालोमा उक्त तलाउ निर्माण गर्नुका साथै बोटिङ, खानाको लागि क्यानन्टिन, बालबालिकालाई उद्यान , बस्नको लागि चौतारी निर्माण गरिएको छ । लामो समय जिर्ण रहेको उक्त तलाउलाई पुनः सञ्चालनमा ल्याएकोमा स्थानीयबासिन्दा खुसी भएका छन् ।

नेपालगन्जको एउटा पहिचानका रुपमा रहेको महेन्द्र पार्क र रानी तलाउ रहेकोमा महेन्द्र पार्क सञ्चालनमा रहे पनि तलाउ थिएन् । झण्डै २२ लाख ७८ हजारको लागतमा उक्त तलाउको मर्मतसम्भार र नयाँ बोटिङ खरिद गरेको उपमहानगरपालिकाले बताएको छ ।

अाज उक्त तलाउको मेयर डा- धबल शमशेर राणा र उपमेयर उमा थापा मगरले निरीक्षण गर्नु भएको थियो । भोलि प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल अाएर उदघाटन गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाले बताएको थियोे ।