नागरिक सहायता कक्षलाई ब्यवस्थित गरि सेवाग्राही मैत्री बनाउनु पर्ने सेवाग्राहीहरुको माग

बाँके,पुस ५-जिल्ला कृषि विकास कार्यालय बाँकेले संचालन गरेको नागरिक सहायता कक्षलाई ब्यवस्थित गरि सेवाग्राही मैत्री बनाउनु पर्ने सेवाग्राहीहरुले गुनासो गरेका छन् । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत नेपालमा राष्ट्रिय सदाचार निर्माण परियोजना अन्तरगत जिल्ला कृषि विकास कार्यालयमा आज सम्पन्न गुनासो सुन्ने कार्यक्रम मोवाईल एलाक तथा हेल्पडेस्क कार्यक्रममा सेवालिन आएका सेवाग्राहीहरुले यस्तो बताएका हुन ।

सेवाग्राहीहरुले कार्यालयमा नागरिक सहायता कक्ष संचालनमा भएपनि कर्मचारी नियमित नभेटीदा अप्ठेरो परेको बताउनुभयो । उनीहरुले सेवाग्राही सँग मिठो बोल्ने र राम्रो ब्यवहार गर्ने कर्मचारी नियमित रुपमा नागरिक सहायता कक्षमा खटाउनु पर्ने माग गर्नुभयो । सेवाग्राहीहरुलाई निशुल्क बिउ उपलब्ध भईरहेको भन्ने सुचना प्रवाह भएपनि कार्यालयमा आउदा बिउ नपाएको गुनासो सेवाग्राहीहरुले गरेकाछन् । उता कार्यालयका कर्मचारीहरु बिदामा हुदा कार्यालयमा सुचना टास गर्नुपर्ने, कार्यालय समयकाृ ख्याल गर्नुपर्ने, कार्यालयमा आउने सेवाग्राहीलाई समान ब्यवहार गर्नुपर्ने, सेवाग्राहीहरुको बढी चाप भएको बेला पालै पालो सेवा प्रवाह गर्नुपर्ने लगायतका गुनासाहरु राखेका थिए ।

हेल्पडेस्कको क्रममा सेवाग्राहीहरुले कार्यालयले डिजिटल डिस्प्ले सेवा संचालनमा ल्याउदा कार्यालयको सुचना प्रवाह भईरहेको बताउनु भएको थियो  कार्यालय ब्यवस्थापन राम्रो भएको भन्दै थप ब्यवस्थित गर्न पनि माग गरेका छन् । हेल्पडेस्कमा बासका कार्यक्रम अधिकृत हेमराज भट्ट, स्वयम् सेवकहरु बिनोद शर्मा, शर्मिला थापा, पुजा रस्तोगी, अनिल थापा, राष्ट्रि बुढा र पार्वती पौडेलले दिनभरी नै कार्यालयमा बसेर सेवाग्राहीहरुका गुनासो संकलन तथा सहयोग गरेका थिए ।