टीकापुरमा जुवातास नियन्त्रणका लागि प्रहरीको सक्रियता

प्रहरी हवल्दार कुटपिट गर्ने ३ जना पक्राउ

टिकापुर,कार्त्तीक,२-

ईलाका प्रहरी कार्यालय टीकापुरले तिहारको समयमा खेलिने जुवातास नियन्त्रणका लागि सक्रियता बढाएको छ । यसै क्रममा प्रहरीले टीकापुरमा रहेको लोकप्रिय दोहोरी साँझमा आज छापा हानेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका इनेस्पेक्टर नेत्र बोहराका तास खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा लोकप्रिय दोहोरी साँझमा छापा हान्दा जुवाडेहरुको भागभाग भएको बताएका छन । तर जुवाडेहरु भने भागेको इनेस्पेक्टर बोहराले बताएका छन ।

उनले तिहारको समयमा खेलिने जुवातास नियन्त्रणका लागि प्रहरी सक्रिय बनेको र आफूहरुले दैनिक जसो छापा हान्ने क्रम जारी राखेको बताएका छन । बोहराले सामाजिक विकृतीका रुपमा रहेको जूवातास खेल्ने र खेलाउने लाई पक्राउ गरेको खण्डमा कानुन बमोजिम कार्वाहि गरिने चेतावनी दिएका छन ।

गोप्य स्रोतका अनुसार कैलालीको टीकापुर, वनगाउ, सत्ती, दुर्र्गौली, लम्की, भल्का, चिसापनी लगायतका स्थानमा जुवातास खेलाउने काम भइरहेको छ । यस्तै आजै प्रहरीले टीकापुर बजारमा भइरहेको पटका विक्री वितरणमा रोक लगाउन भन्दै बजारका केहि पसलहरुमा समेत छापा हानेको थियो ।

यसैबीच ईलाका कार्र्यालय टीकापुरमा कार्यरत प्रहरी हवल्दार छत्र विष्टलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरका इनेस्पेक्टर नेत्र बोहराका अनुसार डियुटिमा खटिएको समयमा हवल्दार विष्ट माथि गएराति ११ बजेतिर टीकापुर बसपार्कमा कुटपिट भएको जानकारी दिएका छन ।

कुटपिटबाट हवल्दार विष्टको निधार र मुखमा चोट लागेको र उनको टीकापुर अस्पतालमा उपचार भइरहेको उनले बताएका छन । कुटपिटमा संलग्न टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १० का प्रेम रावल, ललित रावल र नितेश रावललाई र्ईलाका कार्र्यालय टीकापुरले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनै जनालाई कानुन बामेजिम कार्वाहि गरिने इनेस्पेक्टर बोहराले बताएका छन ।