डोटीको खडेउलीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

डोटी,कार्त्तीक,२-

डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । डोटी  जिल्लाको बडीकेदार गाउँपालिका २ खडेउली भन्ने स्थानमा बस दुर्घटनामा परि बडीकेदार गाउँपालिका—४ मान्नाकापडीका अन्दाजी ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीय निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही गाउँका तीन बर्षीया बालिका रहेका छन् । तर उनको सनाखत भने भएको छैन् । अत्तरकाँडाबाट कैलालीको धनगढीका लागि छुटेको ना ३ ख ५६४८ नं. को सुदूरपश्चिम यातायातको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा १२ जना घाईते भएका छन् । घाईतेहरुलाई कर्णाली रिभरसाईडको बसबाट उपचारका लागि धनगढीतर्फ लगिएको स्थानीयहरुले जानकारी दिएका छन् । १५ जना यात्रु बोकेर हिडेको बस सडकबाट करीव एक सय मिटर तल खोलामा खसेको छ ।