तिहारको मुखैमा भीमदत्तमा लुटपाट

इन्द्र कार्की
/ महेन्द्रनगर, ०२,कार्तिक       मंगलवार राति एक अज्ञात समुहले हतियार देखाएर भीमदत्तनगर पालिका १ बाराकुन्डाको एक घरमा लुटपाट गरेको छ । मध्यरातको समयमा हतियार सहित आएका ४/५ जनाको समुहले लालमणी कुवँरको घरमा लुटपाट गरेको हो । वृद्ध कुवँरको घरमा बुहारी र नातीनतिनाहरु मात्रै भएको मौका पारी लुटपाट भएको हो । घरको एक कोठामा परिवारका सदस्यहरुलाई बन्द गरेर लुटेराहरुले घरवाट ८ तोला सुनका गहना र चाँदी लुटनुका साथै दराजमा राखेको डेढ लाख नगद, घरमा भएका भाडा, मोवाइल समेत लुटेराहरुको समुहले लुटेर लगेको पिडितले वताएका छन् । घरको कोठामा बन्द गरेकाले रातिनै कसैलाई खबर गर्न नसकिएको पिडितले वताएका छन् । बिहान छिमेकीहरुले ढोका खोलेपछि मात्रै पिडित परिवारले प्रहरीलाई जानकारी गराएका थिए । मुखमा मास्क लगाएकाले लुटेराहरुलाई चिन्न नसकिएको पीडितहरुले बताएका छन् । लुटेराहरुको खोजी कार्य भईरहेको प्रहरी बताएको छ । तिहारकै समयमा भएको लुटपाटले स्थानियहरु त्रसित भएका छन् ।