जापानमा रहेका नेपाली फुटबलर उनम बुढाथोकी संगको अन्तर्वार्ता

फाईल तस्विरमा : नेपाली फुटबलर उनम बुढाथोकी (जापान सिजुओका)

टोकियो,जापान,चैत्र,२२-नेपालमा पछिल्लो समय राष्ट्रिय टिमका मुख्य खेलाडी लगायत क्लवबाट व्यवसायीक खेल खेल्दै गरेका दर्जनौ खेलाडी विदेश पलायन भैईसकेका छन्,भने केहि जाने चाजोमाजो मिलाउदै छन्।यसले नेपाली खेल दर्शकमा ठुलो निराशा सिर्जना छाएको छ।“हामी नेपाली फुटबल,क्रिकेट खेल या भनौं अन्य खेलमा यती शौखिन भैईसकेका छौं कि,सायदै पश्चिमी मुलुक संग तुलना गर्दा फरक नपर्ला”हामी संग खेल्ने राम्रो पुर्वाधारहरु एउटा राम्रो रंगशाला छैन् र पनि हामी घरको छतमा चढेर होस् या ज्यानको बाजी राखेर रुखमा झुण्डीएर होस् खेल नियाले रै छाड्छौ,यो नेपाली दर्शकको पिडा संगैको विशेषता हो। 

फुटबल र क्रिकेट खेल प्रतिको मोह नेपाली दर्शकमा अथाह भैईसकेको छ कि यसको कुनै वृतान्त वयान गरेर भ्याईदैन,यसै सन्दर्भमा आज हामीले आफ्नो भविश्य सुनिश्चित गर्न जापान आउनु भएका र नेपालको चर्चित क्लवहरु बाट खेली सक्नु भएको अर्थात नेपालको “बि” डिभिजन लिग विजेताका मुख्य अनुभवी खेलाडी “उनम बुढाथोकी” संग हामीले हाम्रो  बिहानी अनलाईन डटकम मार्फत उहाँको खेल जिवन र अहिलेको समसामयीक खेल जगतको बारेमा कुराकानी गरेका छौं।उक्त कुराकानीको अंश तल जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । 

१. “उनम जी” तपाईलाई बिहानी अनलाईन डटकममा हार्दिक स्वागत छ ?
– धन्यवाद दाई मलाई बिहानी अनलाईनमा बोल्ने मौका दिनु भएकोमा !!
२.आराम हुनुहुहन्छ ?

-एक दमै ठिक छु दाई! अनी हजुरलाई कस्तो छ?

३. मलाई पनि एकदमै ठिकै छ“उनम जी ” आज हामी तपाईले नेपालमा रहदा फुटबलमा के कस्ता संघर्ष झेल्नु भयो र यहाँको फुटबल प्रतिको मोह,र साथ साथै जापान आईसकेपछि फुटबल भन्दा  फुटसल बढी खेल्नु हुदो रहेछ,फुटबल छोडेर फुटसल प्रति के कारणले आकर्षित हुनुभयो,र तपाई त एउटा खेलाडी भएको नाताले आफ्नो देशको फुटबल गतिविधीलाई कसरी नियाली रहनु भएको छ।यीनै विषयमा रहेर कुराकानी गर्नेछौं ।
अब लागौं कुराकानी तर्फ !!“उनम जी”यहाँ कति वर्षको उमेर देखि फुटबल खेल्न सुरु गर्नुभयो ?
-मैले झण्डै ७ वर्षको उमेर देखि फुटबल खेल्न सुरु गरेको हुँ!

४. अन्य विभिन्न खेलहरु छन्, जस्तै क्रिकेट,भलिबल तर यहाँ त फुटबल नै खेलिरहनु भएको छ, के कारणले फुटबल नै खेल्ने रुचि लाग्यौ?
-मेरो जन्म दोलखामा भएपनि म सानै देखि काठमाडौंको गोल्फुटारमा बसोबास गर्थे।त्यहाँ खेलमैदानको पनि उचित व्यवस्था भएको र आफ्नो उमेर समुहका साथीभाईहरु सबै जना फुटबल खेल्ने भएको हुनाले सायदै मैले पनि त्यहि भएर फुटबल खेललाई नै अंगाल्न पुगे !!

५. नेपालमा रहँदा कुन कुन क्लवबाट फुटबल खेल्नुभयो?
-मैले धेरै वटा क्लव बाट फुटबल खेल्ने मौका पाए ! उमेर समुहमा छदा बाँसबारी क्लव, हिमालयन शेर्पा क्लवबाट पनि खेल्ने मौका पाए ! र मैले व्यवसायीक फुटबल भने सुरुमा “सि” डिभिजनमा रहेको ओसिस क्लवबाट आफ्नो खेल जिवनको सुरुवात गरे ! म जापान आउनु अघि RCT अर्थात (रानीपोखरी कर्नर टिमबाट “बि” डिभिजनको लिग खेल्दै उपाधी पनि हात पार्न सफल भए,जसमा २ खेलमा म्यान अफ द म्याच पनि “म”घोषित भएको थिए।

६. निकै चर्चित क्लबहरुबाटै फुटबल खेलि सक्नु भएको रहेछ,के कारणले क्लव छोड्नुभयो।छोड्नुको कुनै कारण भन्न मिल्छ?
-हजुरको यो प्रश्नको जवाफ दिनु भन्दा पहिले म अघिको प्रश्न जवाफ दिएर भ्याउछु,“मैले चर्चित क्लवहरुबाट खेले भन्दै गर्दा RCT क्लव सायद नेपालको सबै भन्दा बढी “ए” डिभिजन लिग खेल्ने क्लवमा पर्छ होला।”केहि समय यता भने “बि” डिभिजनमा झरेको छ।तर दाई मैले क्लव भने छोडेको हैन् क्लवमा रहदाँ मैले समय मिलाएर फुटबल संगै जापानीज भाषा अध्ययन गरेको थिए।

लिग सकिए लगत्तै मेरो यता जापानको लागि विद्यार्थी भिषाको “सिओई”(COE)लेटर आयो र केहि समय पछि भिषा पनि लाग्यो त्यसपछि भने मैले आफ्नो नेपालको खेल जिवन त्यागेर मैले पनि जापान पलायनको बाटो रोजे!यसैमा थपिहाले दाई मैले फुटबल छोड्नुको मुल कारण मेरो घर परिवार र आफ्नो उज्चवल भविश्यको खोजीकै निम्ती नै हो,भन्नुपर्छ।

७. तपाई त एउटा रानी पोखरी कर्नर टिमबाट “बि” डिभिजन लिग खेलेको अनुभवि खेलाडी पनि हुनुहुन्छ,अब नेपाल गएर लिग खेल्ने योजना छ कि छैन? आजभोली नेपालमा हुँदा खेलेको क्लवसंगको सम्बन्ध कस्तो छ ?
– जापान आएपछि पनि मैले लामो समय सम्म नेपाल गएर फेरी आफ्नो खेल जिवनलाई निरन्तरता दिने कुरा सोचेको थिए।तर आफ्नो पढाई संगै घरपरिवारको पनि जिम्मेवारीले गर्दा मलाई थप जापान बस्न बाध्य बनायो।एक दुई पटक नेपालको क्लवबाट कुरा पनि आएको थियो।

तर म भने फर्किन सकिन किनकि मेरो आफ्नै व्यक्तीगत समस्याहरु थिए।पछिल्लो समय पनि नेपालमा हुदाँको क्लव संग बेला मौकामा कुराकानी भैईनै रहन्छ।अन्य क्लवका अग्रज व्यक्ती संग नि कुराकानी त भैईनै रहन्छ।तर म फेरी खेल जिवनमा लाग्छु,लाग्दिन त्यो चै थाहा छैन,मेरो सम्बन्ध भने अहिले सम्म सबै संग रामै छ भनम !!

८. अब “उनम जी” तपाई नेपालमा यतिधेरै फुटबलमा भिजि सकेको खेलाडी के कारणले एक्कासी विदेशीनु भयो?त्यसमा पनि जापान नै किन रोज्नुभयो?
-मैले झण्डै आफ्नो जिवनको १३ वर्ष फुटबल खेल प्रती त्यो समय दिए।७ वर्ष देखि २० वर्ष हुँदा सम्म खेललाई निरन्तरता दिए।सायदै त्यो समय मेरा लागी सहज थिएन।खेल खेल्न जादाँ कहिल्यै जुत्ता हुदैन थियो,उचित खानपिनको त के कुरा गर्नु,खेल्न जान साथमा गाडी भाडा पनि हुन्न थियो।यस्तै कुराहरु झेल्दै मैले मेरो जिवनमा १३ वर्ष फुटबल खेले।त्यो समयमा जतिसुकै बाधा अर्चन आए होलान तर पनि मेरा लागि त्यो पल निकै अमुल्य छ र रहनेछ।

विदेशीनुको कारण भनेको दाई नेपालमा उचित तलव,खेलाडीको शरिरको सुरक्षा,आर्थात “जिवन विमा” नभएको साथसाथै लिग खेलहरु पनि निरन्तरता नभएको र राज्यले खेलाडीलाई दिनुपर्ने उचित व्यवस्थापनको कमि र आफ्नो घरायसी कारण जसमा मेरो परिवारमा ४ ठुला दिदिबहिनी अनि म घरको एक्लो छोरो यस्तै त हो नी घरको जिम्मेवारीले मलाई विदेशीन बाध्य बनायो।सुरुमा दक्षिण कोरियाको लागी एप्लाई गरे पछि विभिन्न कारण त्यहाँ जान मिलेन अनि घर परिवार र आफ्नो उचित भविश्यको लागी जापान रोजे !

९. यदि “म”गलत छैन भने तपाई जापान आएर पनि यहाँको कुनै क्लवमा आवद्ध हुनुभएको थियो,भन्ने सुनेको थिए,हो भने,त्यँहा के कारणले छोड्नुपर्यौ ?
-मैले जापान आएको केहि समयमा नै जापानीज क्लवमा ट्रायल दिने मौका पाए।सिजुओका मा रहेको My FC (माई एफसी) क्लव जुन क्लव अहिले जापानको J3 (जे थ्री) खेल्दैछ,उसैको अर्को क्लव Numazu (नुमाजु) मा छ जुन हाल J8 (जे एट) खेल्दैछ जुन क्लवमा नेपालका स्टार खेलाडी सोन्तोष साहुँखलक दाई नि हुनुहुन्थ्यौ,उहाँ संगै खेल्ने ठुलो अवसर मिलेको थियो।जुन क्लवमा सबै भन्दा सानो उमेरको खेलाडी म थिए।

त्यो समयमा जापानीज भाषाको कमीले गर्दा मैले त्यो क्लव छाड्न पर्यौ।जहाँ जान मलाई हरेक दिन २ घण्टा ३० मिनेट जति समय लाग्थ्यौ,र पैसा पनि प्रत्येक दिन २ हजार देखि २५ सय सम्म खर्च हुन्थ्यौ।त्यसमै पढाई,कामको समय,भाषाको कमि र पैसाको अभावले गर्दा उक्त क्लव छाड्न वाध्य भए।

त्यसपछि फेरी मैले २०२१ मा मैले जापानको J8 (जे एट)स्थानमा रहेको क्लवमा आबद्ध हुने मौका पाए।झण्डै २ हप्ताको अभ्यास पछि उक्त क्लवबाट म्याच खेल्ने अवसर पाए।२०२१-४-१७ मा भएको उक्त खेलमा मलाई पहिलो सुरुवाती ११ को सेटमा खेलाउने निधो गरे कोचले।खेल जापानको कुनै दाईगाक्कोउको टिम संग रहेको थियो।

खेलको दौरानमा लगभग २५ औं मिनेटमा मेरो देब्रे खुट्टामा चोट लाग्न पुग्यौ।र हस्पिटलमा गएर चेकअप गराउदा देब्रे घुडाको ACL (एसिएल)च्यात्तिएको रिर्पोट आयो।जसको उपचारका लागी २ पटक सल्यकृया पनि गरे अहिले भने मेरो खुट्टामा धेरै सुधार भएको छ र आजकाल म खेल्न थालेको छु।

१०. त्यसोभए “अब यहाँ त यस्तो कुरामा अनुभव पनि लिईसकेको खेलाडी हुनुहुन्छ,”नेपालबाट केहि राम्रा नेपाली खेलाडी जापान आएर फुटबलमा भविश्य बनाउने सोच पनि बनाएका छन् होला,त्यस्ता खेलाडी साथीहरुलाई के भन्न चहानुहुन्छ? र यहाँको कुनै पनि ग्रेडको क्लव संग आवद्ध हुन कत्तीको सम्भावना देख्नुहुन्छ ?
-हाल जापान मात्र नभएर अन्य देशका लागी पनि विदेश पलायन हुने खेलाडीको संख्या बढ्दो छ।यो एउटा खेलाडी र देशको लागि निकै पिडा दायक समय हो।जापान आएर फुटबलमा भविष्य बनाउन सकिदैन त म भन्दिन तर त्यसका लागि धेरै कुराको आवश्यक पर्छ।पैसा,यहाँको भाषा,र उचित समय निकालेर फुटबल खेल्छु भन्नेका लागी भने अवसर धेरै नै पाईने गर्छ।खेलप्रतिको लगाव,कडा मेहेनत र लगनशिलता कायम राख्न सक्ने हो भने धेरै राम्रो क्लव बाट पनि खेल्ने अवसर नआउने भने हैन्।

११.उसो भए तपाईले देखेको र भोगेको आधारमा जापानको जुनसुकै ग्रेडको क्लवमा आवद्ध हुन के कस्ता कुराहरु हुन जरुरी छ?
-मैले माथी पनि लगभग भनिसके “हामी विदेशमा पढ्न र केहि थोरै भएपनि आय आर्जनको लागी जापान या भनौं अन्य मुलुकमा पलायन हुने गर्छौ।”त्यो बाबजुँद पनि खेलप्रेमीले कुनै खेलप्रती निरन्तरता दिई राख्यौ भने त्यसका लागि थोरै बाटोभने अवश्य छ।

नेपालको खेलको लेभलले अलि विदेशमा राम्रो टिममा खेल्न गाह्रो हुने गर्छ।त्यसका लागी धेरै मेहेनत परिश्रम खेलप्रति लगाव र लगनशिल भएर फुटबल प्रति निरन्तरता दिने हो भने जापानको उच्च लेभल सम्म त म भन्दिन तर राम्रो क्लवमा भने अवश्य अवसर पाईन्छ।

१२. यो त भयो “उनम जी”यहाँको फुटबल गतिविधीप्रती संक्षिप्त कुराकानी,तपाईसंग यो कुराकानी गर्ने सन्दर्भमा नेपालमा हुने फुबल गतिविधीका विषयमा थोरै भएनी कुराकानी गरिहाल्न मन लाग्यौ,तपाई राम्रै फुटबल क्लवबाट फुटबल खेल्दै हुर्केको मान्छे पछिल्लो समय विदेशमा बसेर नेपालको फुटबल गतिविधीप्रती यहाँको धारणा के छ?
-म विदेशमा भए पनि नेपाली फुटबललाई भने फ्लोअप अर्थात हेरिरहेको हुन्छु,म नेपालमा हुँदा खेरीको खेल अवस्था र अहिलेको खेल अवस्थामा धेरै कुराहरु सुधारिएको देखेको छु।जसले गर्दा म
बाहिर भए पनि यसले एक प्रकारको खुशी मिल्ने गर्छ।

१३.नेपालमा अहिले खेलाडीहरु धमाधम विदेश पलायन भैईरहेका छन्,यो त यहाँलाई राम्रो संग थाहा नै छ?नेपालमा क्लव व्यवसायी ढंगले चल्न नसकेको हो कि खेलाडी?
-एकदमै राम्रो अनि मार्मीक प्रश्न गर्नु भयो त्यसको लागी धेरै धेरै धन्यवाद दाई!हरेक दिन युवा खेलाडीहरु नेपाल छाड्न बाध्य छन्।नेपालको प्रतिनिधित्व गर्दै झण्डै एक दशक फुटबल खेल खेल्दै आएकाहरु पनि हाल आफ्नो खेल जिवनलाई अन्त्य गर्दै जन्म भुमी अनी आफ्नो प्राण भन्दा प्यारो परिवारलाई त्यागेर कतिपय विदेश पलायन भैईसकेका छन् त कति हुदैँछन्।यो वास्तवमै देशको लागी र भर्खरै खेल जिवनमा पाईला टेकेका हरुको लागी ठुलो चिन्ता र चुनौतिको विषय बनेको छ।

“एन्फाको कार्य क्लवले गर्ने र देशको लागी खेल्ने खेलाडीलाई राष्ट्रले उचित व्यवस्थापन नगरेको कारण आज नेपाली स्टार खेलाडीले देश छाड्न बाध्य भएका छन्।त्यो पनि एउटा राम्रो भविष्यको खोजीमा!”नेपालमा खेलाडी क्लव र नेपालको एन्फाको व्यवस्था व्यवस्थीत ढङ्गबाट चल्न नसकेको नतिजा हो।

१४. यसै सन्दर्भमा मैले अर्को प्रसंग पनि जोडिहाले अहिले नेपालमा “मोफसल” गोल्डकप प्रतियोगिता पनि राम्रो संग समयमा मै हुदैन्, ठुला धनराशीका लिग खेलहरुको त कुरै नगरम तसर्थ दर्जनौ राष्ट्रिय खेलाडी विदेश पलायन भैईसके,“बि”डिभिजन खेलेको एउटा अनुभवी खेलाडी स्वयंम तपाई पनि विदेशमै हुनुहुन्छ,खेलाडीलाई चलायमान बनाउन क्लवले कस्तो किसिमको भुमिका निभाउनु पर्छ, यस विषयमा के भन्नु हुन्छ?
-आजकाल “मोफसल”कै भरमा नेपाली खेलाडी बाचेको देखिन्छ।ठुला धनराशीको “मोफसल”होस या साना तिना गोल्डकप होस्,यसकै आधारमा भनौ या भरमा आज धेरै नेपाली खेलाडीको घरमा चुलो बलेको देखिन्छ।देशमा लिग खेल कैले हुने कहाँ हुने कुनै टुङ्गौ छैन्।लिग खेलको निश्चत क्यालेण्डर छैन्,बल्ल तल्ल भएपनी १ देखि २ महिनाको अवधी सम्म हुन्छ।अनि खेलाडीको २ महिनाको तलव बढीमा भए ५० हजार देखि १ लाख सम्म हुने गर्छ।

“त्यती पैसाले बाँकि १० महिना कसरी धान्ने एक पटक यो कुरालाई गहन रुपमा सम्झि हेरौं त” अनी १ लाखले एक वर्ष कसरी पुर्याउने!कति पिदाडायीक छ,खेलाडीको खेल जिवन“यदि एन्फाले सोचेर सहि ढङ्गबाट लिग संचालन गर्ने हरेक वर्षको लिग खेलहरु निश्चित क्यालेण्डर गराई संचालन गर्ने हो भने र ”मोफसल”मा पनि राम्रो धनराशीको खेल आयोजना हुने हो भने मात्र पो खेलाडीको जिवनमा सुधार आउला।

१५.तपाईको विचारमा नेपाल सरकारले राम्रा खेलाडीहरुलाई विदेश पलायन हुन नदिई स्वदेशमै रोक्न के के गर्नुपर्छ जस्तो लाग्छ ?
-मेरो विचारमा नेपाल सरकारले सर्वप्रथम त खेलाडीको आधारभुत समस्या समाधान गर्दिन पर्यौ,“जस्तो कि उनिहरुको बिमा गर्दिने तलब बढाईदिने”र नेपालमा हुने लिग समयमा गराउने गरेमा आफैं खेलाडीहरुको जिवन सुधार हुने कुरामा म विश्वस्त छु।खेलाडी खेल खेलुन्जेल मात्र नभएर खेल जिवन पछिको लागि पनि सरकारले दिर्घकालिन रुपमा सोच्दिए राम्रो हुने थियो,जस्तो लाग्छ।

१६.नेपालमा राष्ट्रिय खेलाडी छनोट या भनौ क्लवकै लागि छनोट गर्दा राम्रालाई भन्दा आफ्नालाई प्राथमिकता दियो,विकट क्षेत्रका खेलाडीहरुको त्यहाँसम्म पहुँच पुगेन भन्ने खेलाडीको बारम्बार गुनासो सुन्नमा आउछ,यो खेलाडी छनोट प्रकृयाको विषयमा के भन्नुहुन्छ ?
– यो त नेपालमा पहिले देखि नै चलि आएको चलन भन्दा फरक नहोला।किन भने फुटबल जगतमा मात्रै नभई हरेक क्षेत्रमा यसको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर भनौं या प्रभाव आएको पाईन्छ।सबै खेलाडीहरु आफ्नै मान्छेको भनसुनको कारणले राष्ट्रिय टिममा छन्, भन्दा उपयुक्त हुदैन्, किनभने कतिपय खेलाडी आफ्नो मुलत: आफ्नो कला र प्रतिभाको कारणले पनि राष्ट्रिय टोलीमा छन्।तर आफ्ना मान्छे भएमा केहि हद सम्म पहल हुने र राष्ट्रिय टोलीको छनोटमा पर्ने कुरा भने झुटो हैन्।

१७.खेलाडीको छनोट प्रकृयाको विषयमा कुरा गर्दै गर्दै अर्को प्रसंग जोड्न मन लाग्यौ“उनम जी” जस्तो नेपालबाट विदेशी क्लवमा गएर खेल्ने नेपाली खेलाडीहरु त कमै छन् तर गईहाले भनेपनि प्राय एजेण्डबाट जान्छन् भन्ने सुनेको छु, के यो साँचो हो?हो भने नेपालमा एजेण्डको हाबि कसरी भयो जस्तो लाग्छ,के यो आवश्यक छ र?
-एजेण्डको कुरा गर्दा मलाई पूर्ण रुपमा यो विषयमा जानकारी नभएतापनि केहि जानेको सुनेको कुरा भए पछि अवश्य जानकारी गराउछु।र अहिले नेपालको कुरा गर्दा यस्तो छ कि,यदि खेलाडीको राम्रो लिङंक भनौं या सम्बन्ध उच्च भनौं अन्तराष्ट्रिय जगतका क्लव संग चिनजानले गएको पाईदैन्।

किनभने नेपाल एउटा यस्तो सानो देश हो जसलाई खेलको मात्राले संसारमा कमै चिन्ने गर्छन्।आफ्नो च्यानल राम्रो नभएको अनी ठुला क्लव संग राम्रो लिङंक नभएको कारण एजेण्डबाट आएको प्रस्तावलाई सहर्ष स्विकार गर्ने गरेको पाईन्छ।एजेण्डबाट जादा भाषामा हुने समस्या अन्य कुरा हरुमा पनि एजेण्ड संग डिल गरेर जादा सहज हुने हुदाँ त्यस अवसरलाई नेपाली खेलाडीले सहज ढंगबाट लिदै आएको पाईन्छ।

१८.अब यहाँलाई अन्तीम प्रश्न “उनम जी” सबैलाई अन्त्यमा “म”एउटै प्रश्न सोध्ने गर्छु समस्त खेलकुद पक्षलाई सकारात्मक विकाशको बाटोबाट उज्यालो तर्फ डोर्याउनका लागी मैले यहाँलाई सोध्न छुट्याएका प्रश्न भए, र यहाँलाई आजको कुराकानीमा भन्नै पर्ने केहि कुरा छन् भने बताईदिनुहोस् न ?
-जतिसुकै कुरा गरेपनि फुटबल प्रतिको माया मोह र लगाव सायदै वर्णन गरेर सकिदैन होला,जस्तो मलाई लाग्छ।“नेपालको खेलाडीमा क्षमता नभएको हैन्” त्यो क्षमता र प्रतिभा देखाउने उचित र सहि ठाँउ नभएको अनुभव गरिराको हुन्छु।

मैले खेल जिवनमा लागेर थोरै कुरा गुमाए तापनि धेरै कुराको अनुभव,सफलता हासिल गरेको छु,“जस्तो लाग्छ मलाई”म जहाँ भएतापनि जस्तो सुकै अवस्थामा भए पनि “म मेरो फुटबल” र नेपाली फुटबलमा सरिक रहनु हुने सबैमा मेरो अथाहा माया रहनेछ।हरेक घडिमा म फुटबल खेल्नेछु।

१९.हुन्छ, “उनम जी” जापानको यती व्यस्त समयको बाबजुँद पनी हामीलाई कुराकानी गर्ने समय दिनुभयो,समय र कुराकानीका लागी यहाँलाई धेरै धेरै धन्यवाद छ ।
-अनि विशेष धन्यवाद दुर्लभ दाई अनि हजुरको बिहानी अनलाईन डटकमका साथै शुभ चिन्तक हरुमा मेरो न्यानो माया।मलाई यसरी आफ्नो कुरा राख्न यो मौका दिनु भएकोमा एकदम धेरै खुशी छु र आफुलाई भाग्य मानी ठानेको छु!
जय नेपाल !! जय फुटबल !! यसरी नै मलाई र नेपाली फुटबल जगतलाई माया गरिदिनुहुन अनुरोध गर्दछु ।धन्यवाद !!