जर्मनी पहिलो खेलमै पराजित : ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो

काठमाडौं, असार,४-

विश्वकपको प्रमुख दावेदार मानीएको साविक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलका पहिलो खेलमै पराजित भएको छ  । उपाधि दावेदार ब्राजिललाई स्विट्जरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दा सर्वियाले कोष्टा रिकालाई १-० ले हराएको छ ।

समुह एफ को पहिलो खेलमा जर्मनीले मेक्सिकोसँग १-० को हार बेहोरेको हो ।खेलमा मेक्सिकोलाई जिताउन हिर्भिङ जुजानोको ३५ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।चार पटकको विश्व बिजेता जर्मनीले खेलमा थुपै अवसर सिर्जना गरे पनि मेक्सिकोले उत्कृष्ट बचाउ गर्दा गोल हुन नसकेको हो ।

उता उपाधि दावेदार ब्राजिल पनि विश्वकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।पाँच पटकको विश्वकप विजेता ब्राजिललाई युरोपियन प्रतिद्वन्द्वी स्वीट्जरल्याण्डले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलको २० औं मिनेटमा ब्राजिलका कौटिन्होले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।दोस्रो हाफको ५० औं मिनेटमा स्टेभेन जुबेरले एक गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

यही समुहको अर्को खेलमा सर्वियाले कोष्टा रिकालाई १–० ले पराजित गर्‍यो ।पूर्व युगोस्लाभ मुलुक सर्वियालाई जिताउन अलेक्जेन्डर कोलारोभले ५७ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।कोलारोभले फ्रि किक प्रहारमा उत्कृष्ट गोल गरेका थिए ।