वडा नं १२ द्वारा दोस्रो वडा भेला सम्पन्न

के-पी-घिमिरे/
नेपालगन्ज,असार,३-
नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ ले अाफनो दोस्रो भेला अाज सम्पन्न गरेको छ ।वडावासीहरुको उपस्थितिमा वडाका समस्याहरु, कुन टोललाई प्राथमिकतामा राखेर काम गर्ने , गत साल विनियोजन भएको रकम कहाँ खर्च गरियो भन्ने विषय बस्तुमा जोड दिएको वडा अध्यक्ष बुद्धि सागर सुवेदीले बताउनु भयो । कार्यक्रममा अध्यक्षता पनि स्वयं उहाँलेनै गर्नु भएको थियो ।

उक्त कार्यक्रमा स्वागत मन्तव्य वडा सदस्य दिनेश राज पन्तले राख्नु भएको थियो । कार्यक्रममा वडा नं १३ का बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधि , वडावासी, पत्रकार, वाल क्लवका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा ब‍ोल्दै वडा सदस्य तरुण कुमार बज्राचार्यले यो कार्यक्रम वडावासीकै भएको हुदा सबैले हातेमालो गरेर उपमहानगरपालिका भित्रका वडा भन्दा नमूना वडा बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसै गरी नेकपाका प्रतिनिधि डम्बर सुवेदीले यहाँ पार्टी भन्दा विकास ठूलो भएको हुदा सबै मिलेर बाँके जिल्लामै नमूना वडा बनाउनेतर्फ ध्यानाकर्षण गर्नु भएको थियो । वडा अध्यक्ष सुवेदीले गत सालको बजेट कहाँ कहाँ खर्च गरियो भनेर अाफन‍ो प्रतिवेदन पेश गर्नु भएको थियो । वडावासीले अागामी बजेटमा प्राथमिकतामा राख्नु पर्ने ठाउँको बारेमा बताएका थिए ।

वडामा लागुपदार्थ जुवातास विरुद्ध अभियान , घर पालुवा मदिरा पूर्णरूपले बन्द गर्ने, बेलासपुरका ५ जना बालबालिकालाई निशुल्क अध्ययनको व्यवस्था गरेको ,वडालाई वाल मैत्री घोषणा गर्ने , टेक्टर खरिद गर्ने जस्ता कार्य कुनै पुरा गरेको र कुनै गर्ने अभियानमा लागेको अध्यक्ष सुवेदीले बताउनु भयो ।