विश्वकप फुटबलमा आज तिन खेल : ब्राजिल र स्वीजरल्याण्डको खेल राती हुने

नेयमारको खेल हेर्न दर्शक आतुर

काठमाडौं,असार,३-

विश्वकप फुटबलमा आज तिन खेल हुनेछन् । आज समूह ई र एफ का पहिलो चरणका खेलहरु हुन लागेका हुन् ।आजको पहिलो खेल नेपाली समयअनुसार साँझ ५:४५, बजे हुने  खेलमा कोस्टारिका र सर्बियाबिच हुनेछ ।

यसैगरी साँझ ८:४५, बजे हुने खेलमा यसपटक पनी विश्वकपको दावेदारको रुपमा मानीएको टिम जर्मनीले मेक्सिको संग दोस्रो खेल खेल्नेछ ।मेक्सिको पनी उत्तिकै राम्रो टिम भएकले आजको खेल रमाईलो हुने आँकल गरिएको छ ।

यस्तै आजको तेस्रो खेलमा पाँचौ समुह अन्तर्गत ब्राजिल र स्वीजरल्याण्ड  भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी राति ११:४५ बजे हुनेछ । विश्वकप शुरु भएपछि सबैभन्दा बढी ५ औं पटक सम्म विश्वकपको उपाधी उचाल्न सफल राष्ट्र ब्राजिलका समर्थक उसको खेल हेर्न एकदमै उत्साहित भएका छन् । एस पटक पनी धेरैले ब्राजीलको समर्थन गर्दै ब्राजीलले उपाधी उचाल्ने दाबि गरिरहेका छन् । 

तर स्वीजरल्याण्ड पनी उत्तीकै राम्रो र बलियो टिम भएकोले ब्राजीललाई यो टिमले हम्मे हम्मे पार्न सक्ने आँकल गरिरहेका छन् । यसै कारण पनी आज राती हुने यी दुई खेल हेर्न नेपाली दर्शकले पर्खनै पर्छ । सम्भवत अधीकांश नेपाली दर्शक ब्राजीलका चर्चीत खेलाडी नेयमारको खेल हेर्न उत्साहित देखिएका छन् ।

आज असार ३ गते हुने खेलहरुको समय तालीका 
१. साँझ ५:४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह
२. साँझ ८:४५,जर्मनी र मेक्सिको, छैटौं समूह
३. राति ११:४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह