संविधान दिवसका दिन साइकल यात्रा गरिने

नेपालगंज,असोज,२-

नेपालगन्ज साइक्लिङ्ग क्लबले संविधान दिवसका अवसरमा साइकल यात्रा आयोजना गर्ने भएको छ।क्लबका सदस्य एबम कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बुधबार बिहान ७ बजे धम्बोजिचोक बाट सुरु हुने साइकल यात्राले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ।

नाताबाद, पार्टी वाद पद प्रतिस्ठा भन्दा देशको संविधान र कानुन माथी रहेको हुँदा संविधान र कानुन भित्र सबै रहनुपर्छ भन्ने सन्देश दिन र न्याय का लागि कसैले सडकमा उत्रनु नपरोस् र सबैलाई न्याय मिलोस भन्ने बुधबार संविधान दिवसका अवसरमा आयोजना गरिने साइकल यात्राको उधेश्य रहेको नेपालगन्ज साइक्लिङ्ग क्लबले जनाएको छ।

साइकल यात्रामा आ आफ्नो साइकल सहित सहभागी हुन सबै तह र तप्कामा रहेका नागरिक हरुलाइ आग्रह गर्द्छौ कार्यक्रम सम्योजक सतिश निरौला ले भने। सो साइकल यात्रा ले वातावरण संरक्षण र इन्धनको खपत कम गरि हरियाली शहर अभियान लाई समेत टेवा पुर्याउने क्लबले जनाएको छ।