विद्यार्थी परिषदद्वारा निशुल्क कम्प्युटर प्रशिक्षण

काठमाडौं,असोज,२-
प्राज्ञिक विद्यार्थी परिषद नेपाल जोरपाटी नगर समिति काठमाडौको आयोजनामा निशुल्क कम्प्युटर प्रशिक्षण अाज एक कार्यक्रमका बिच उद्वघाट्न गरीएकाे छ । गोकणेश्वर नगरपालिकाका विभिन्न कलेजमा अध्ययन गर्ने दलित ,जनजाति ,जेहेन्दार ,असहाय र निम्न आर्थिक भएका ५० जना विद्यार्थीहरुलाई छनोट गरि निशुल्क कम्प्युटर प्रशिक्षछकाे सूरूवात गरीएकाे हो ।

उक्त कार्यक्रम गाेकणेश्वर नगर समितिका नगर सचिव रोहित गौतमकाे अध्यक्षता गोकणेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायण बाहादुर श्रेष्ठ प्रमुख अातिथ्यता एंव विद्यार्थी परिषदका राष्ट्रिय सचिव एवं बाग्मती विभाग संगठन सचिव छितराज न्यौपाने ,प्रदेश नं ३का सचिव कृष्ण प्रसाद हुमागाई, ,ग्याल्यक्सी ईन्स्टिच्युट्का संचालक सन्देश श्रेष्ठ ,कार्यक्रम संयोजक प्रतीक गौतम लगायतको उपस्तिथिमा सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्नुहुदै प्रमुख अथिती एंव वडा अध्यक्ष नारायण बहादुर सुबेदीले यस्तो राज्यले गर्ने कार्य विद्यार्थी परिषदले गर्ने योजना बनाएकोले विद्यार्थी परिषदलाई हृदय देखि धन्यवाद दिनु भयो थियोे र आगामी दिनमा विद्यार्थी परिषदका गतिविधिहरुमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

यस्तै परिषदका राष्ट्रिय सचिव छितराज न्यौपानेले विद्यार्थी परिषद्ले देशव्यापी रचनात्मक र प्रशिक्षणात्मक गतिविधि गर्दै आइरहेको र यो कार्यक्रमको सुरुवात गर्ने जोरपाटी नगर समितिलाई बधाई एवं अभिनन्दन गर्नुभयो। साथै कार्यक्रमहरुमा पनि सहभागी हुन प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै प्रशिक्षणमा भरपुर सीप सिकि लाभ लिन अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भयो।

ईन्स्टिच्युटका संचालक सन्देश श्रेष्ठले विद्यार्थी परिषदले सामाजिक दायित्व दिएकाले यो दायित्वलाई निर्वाह गर्न आफू तयार रहेको र आगामी दिनमा पनि यस्ता कार्यमा सक्रिय रहने बताउनु भयो। नगर सचिव रोहि हुमागाइकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण नगर छात्रा प्रमख सबिता लामिछानेले गर्नुभएको थियाे ।