विश्व धुम्रपान दिवशको अवसरमा रफत सन्चार क्लवद्वारा बाँकेमा चुरोट दहन

 बाँके,जेठ,१७-

रफत सन्चार क्लव बाँकेले विश्व धुम्रपान रहित दिवशको अवसरमा आज त्रिभुवन चौकमा साझ ५:३० बजे IHRC को अायोजनामा एक कार्यक्रमगरी मनाएको छ ।

कार्यक्रममा चुरोट दहन गर्नुका साथै रफत सन्चार क्लब बाँके ले क्यलेन्डर बितरण गरि मनाएको हो ।

चुरोट अनि सुर्तीजन्य पदार्थ कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्किने निकोटिनको लतवाट यो संसारवासीलाई जोगीउन हरेक वर्ष   मे ३१ गतेका दिन संसारभरि यो दिवस मनाउने गरिन्छ । 

आज गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनस्वस्थ्य कार्यालयका प्रमुख यस्तै व्यापार संघ बाँकेका प्रमुख त्यसैगरि मानव अधिकारवादी ,कानुन व्यवसायी, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको क्लवका अध्यक्ष रन्जीता ढकाल थापाले जानकारी दिनुभयो ।