भरतपुरमा गणना गर्दा च्यातिएका मतपत्र गनेर रिपोर्ट पठाउन आयोगको निर्देशन

काठमाडौँ, जेठ,१७-

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या गनेर रिपोर्ट पठाउन निर्वाचन आयोगले निर्देशन दिएको छ।

पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना गर्ने क्रममा मतपत्र च्यातिएको विषयमा आयोगको आज बसेको बैठकले चितवनका मुख्य निर्वाचन अधिकृतलाई उक्त निर्देशन दिएको हो।

आयोगबाट खटिएको अनुगमन टोलीको जेठ १७ गतेको प्रतिवेदनको आधारमा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भएपनि

संख्या उल्लेख नभएको र गणना भएका तथा गणनाको क्रममा रहेका मतपत्रहरु सुरक्षित रहेकोले सबै दल र पक्षका प्रतिनिधि राखेर च्यातिएका मतपत्रको संख्या गनेर पठाउन आयोगले निर्देशन दिएको छ। नेपालखवरवाट