गोपाल जंग थापा र पूर्णकला विसीको स्वरमा “पहाडको ठन्डो पानी” सार्वजनीक (भिडीयो सहित)

काठमाण्डौं,मंसिर,१२-विगत लामो समय देखि गित संगितमा लागि परि रहनु भएका चर्चित गायक तथा सञ्चारकर्मी गोपाल जंग थापा र गायिका पूर्णकला विसीको स्वरमा सजिएको नयाँ प्रस्तुती “पहाडको ठन्डो पानी” बोलको देउडा गित सार्वजनिक भएको छ ।

चित्रकला बुढा थापाको लय र प्रकाश थापाको शब्दमा रहेको “पहाडको ठन्डो पानी” गितलाई विजय थापाले संगित गर्नु भएको छ।गोपाल जंग थापाको आफ्नै युटुब च्यानलबाट शुक्रबार सार्वजनीक गरिएको गितको निर्देशन सुरेन्द्र संगम(डोट्याल बड्डा)ले गर्नु भएको छ।उहाँलाई क्यामेरामा सोनु बिकले साथ दिएका छन भने सह क्यामेरामा प्रकाश विसिले सघाएका छन ।

सुदूपश्चिमको सुन्दर पहाडी जिल्ला अछामको बान्नीगढी जयगढ गाउँपालिकाका विभिन्न स्थानमा छायांकन भएको यस गितमा गायक गोपाल जंग थापा र चर्चित मोडेल रोजी कुंवरको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

भिडीयो हेर्नुहोस !!

गित सार्वजनीक भए पछि गायक तथा सञ्चारकर्मी गोपाल जंग थापाको भनाई ।।

सुदूरपश्चिमको परिवेश, स्थानिय रहन सहन, भेषभूषालाई समेटेर तयार पारिएको यो “पहाडको ठन्डो पानी” बोलको गितका बारेमा गायक गोपाल जंग थापाले गित मार्फत देउडा संस्कृतिको कुरा मात्र नभई पहाडको मूलबाट बग्ने पानीको महत्व र मिठासपनलाई गित मार्फत व्यक्त गरेको बताउनु भएको छ ।

गायक थापाले यो गितलाई धेरै दर्शकहरुले मन पराउनेमा आशावादी रहेको पनि बताउनुभयो।उहाँले भन्नुभयो “हामीले सक्दो मेहनेत लगाएर अहिले सम्मकै नयाँ अली फरक किसिमको देउडा भाका दर्शक माझ ल्याएका छौ, तपाईहरुले गितको शब्द, लय र भिडीयो हेरेर नै गितको मर्मलाई बुझ्न सक्नुहुन्छ, त्यसैले दर्शक तथा शुभचिन्तकहरुले “पहाडको ठन्डो पानी” बोलको गितलाई अझ बढी भन्दा बढी माया गरिदिनु हुनेछ भन्नेमा म विस्वस्त छु ।

उहाँले चर्चा कमाउनकै लागि पछिल्लो समय धेरैले मौलिकता बिगार्ने खालका गित गाएको र त्यस्ता गित गाउनु भन्दा गाउँ, समाजलाई पाच्य हुने किसिमका गितहरुलाई दर्शकहरुले मन पराउने तर त्यस्ता गितले स्थान नपाउदा मौलिक गितहरु हराउदै जाने भएको हुदाँ मैले मौलिकता झल्किले गित ल्याएको बताउनुभयो ।

गायक गोपाल जंग थापाले “पहाडको ठन्डो पानी” बोलको गित संगै यस अघि “क्या राम्रो रैछ नि साँफेबगर, नेपालका नेता, बर पिपल छायाले, चश्मा लाउँछु कालो, भत्ता पचाउन, धेरै भए फटाहा जाली, नाच्ने बुढी चाहियो लगायतका गितहरु बजारमा ल्याईसक्नु भएको छ ।    

यस  “पहाडको ठन्डो पानी” बोलको गितलाई पनि अन्य गित जस्तै सफलता मिलोस् यस गितले आम दर्शकको मन जित्न सफल रहोस् भन्दै यस गितका सम्पर्ण टिमलाई सफलताको निम्ती हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट धेरै धेरै शुभकामना छ । साथै अन्य नयाँ मौलिकता बोकेको गित संगितको सिर्जनाका लागि हार्दिक शुभेच्छा प्रकट गर्दछौं । धन्यवाद !!