काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली पनि मधेश जादै

उम्मेदवार जिताउन शिर्ष नेता घरदैलो अभियानमा व्यस्त

काठमाडौं,भदौं,२५-

प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन शीर्ष नेताहरु घरदैलो अभियानमा व्यस्त भएका छन् । २ नम्बर प्रदेशको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका दलहरुले प्रचार–प्रसार अभियानलाई तीव्र बनाएका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल लगायतका दल तथा उम्मेदवार भोट माग्न मतदाताको घर आँगनमा पुगिरहेका छन् । निर्वाचन नजिकिदै गर्दा ८ वटै जिल्लाका १ सय ३६ नगर तथा गाउँपालिकाका उम्मेदवारहरु मतदाताको घरदैलोमा कार्यकर्ताको झुण्ड बोकेर भोट माग्न व्यस्त भएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

नेपाली काग्रेंसको प्रचार अभियानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाअध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिलगायतका शीर्ष नेताहरु प्रदेश नम्बर २ मा खटिएका छन् । प्रधानमन्त्रीसोत रहनु भएका पार्टीसभापति शेरबहादुर देउवा पनि पार्टीका उम्मेदवारका लागि भोट माग्न मधेशमा जाने तयारी रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पोडेलले जानकारी दिनुभयो ।

यसैबीच, नेकपा एमालेका शीष नेता पनि लामो समययता प्रदेश नम्बर २ मै चुनाव प्रचारमा व्यस्त रहेका छन् । यसअघि भएका स्थानीय तहको पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको एमालेले २ नम्बर प्रदेशमा पनि पहिलो बन्ने लक्ष्यसहित शीर्ष नेताहरु चुनावी अभियानमा खटाएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेललगायतका नेता चुनावी अभियानका क्रममा मधेशमै रहनु भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओली पनि निर्वाचन हुने पर्सादेखि सप्तरीसम्मका ८ जिल्लाका विभिन्न ठाउमा हुने चुनावीसभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेको भट्टराईले बताउनुभयो ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरु पनि मधेश केन्द्रित भएका छन् । राष्ट्रिय जनता पार्टीसहित मधेश केन्द्रित दलहरु पनि चुनाव प्रचारमा व्यस्त रहेका छन् ।नेपालवाणीवाट