कोभिड उपचार र नियन्त्रणबारे प्रधानमन्त्री देउवाले सीसीएमसीसँग लिए जानकारी

काठमाडौँ,असार,३०-प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिएको सीसीएमसीले जनाएको छ।

बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शंकरदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए।