निर्वाचन अघि प्रदेशको राजधानी तोकिदैन: प्रधानमन्त्री

काठमाडौं, कात्तिक ९-

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अघि प्रदेशको राजधानी तोक्न नसकिने बताउनु भएको छ । धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार पुगेको प्रतिनिधि मण्डलसँग देउवाले निर्वाचनअघि प्रदेशको राजधानी नतोकिने बताउनु भएको हो ।

सरकारले लामो समयसम्म पनि प्रदेशको अस्थायी राजधानी तोक्न सकेको छैन । खासगरी निर्वाचन नजिक आइसकेको कारण पनि सरकारले तत्काल प्रदेशको अस्थायी राजधानीतोक्न सकेको छैन ।

सरकारले अस्थायी राजधानी नतोक्दा अन्योल बढेको छ ।जनतामा अन्योल बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अघि प्रदेशको अस्थाई राजधानी तोक्न नसकिने बताउनुभयो ।