ब्रेकिङ न्यूज : नेपाल प्रेस युनियनद्धारा महासंघ बाँकेको कार्यक्रम बहिष्कार गर्ने

बाँके,माघ,२७-
नेपाल प्रेस युनियन बाँकेले नेपाल पत्रकार महासंघ बाँके शाखाले भोली ( आइतबार ) ‘स्थापना दिवस’ भनि गर्न लागिएको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।  

आधार प्रमाण विना काल्पनिक ढंगले माघ २८ लाई स्थापना दिवसका रुपमा मनाउने महासंघको गलत निर्णय सच्याउन गरेको युनियनको आग्रहलाई बेवास्ता गरिएकोले बहिष्कार गर्न युनियन बाध्य भएको छ ।

महासंघका पुर्वसभापतिहरु, युनियनका पुर्वपदाधिकारी, कार्यसमितिका पदाधिकारी, सदस्य सहितको विशेष उपस्थिती रहेको बैठकले सो कार्यक्रममा सहभागी नहुन सम्पुर्ण सदस्यलाई आह्वान गरेको छ ।

प्रेस विज्ञप्ती