युएण्टो प्रदेश ३ को अध्यक्ष र महासचिवमा तामाङ र पोखरेल निर्वाचित

काठमाडौं,माघ,२७-

एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) प्रदेश नम्बर ३ को अध्यक्षमा काभ्रेका दुर्गासिंह तामाङ निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा भएको संगठनको प्रदेशस्तरीय पहिलो सम्मेलनले तामाङको अध्यक्षमा ६१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।

सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा शंकर अधिकारी(धादिङ), महिला उपाध्यक्षमा गोमा बजगाई (ललितपुर) निर्वाचित हुनुभएको छ । त्यस्तै,उपाध्यक्षहरुमा मोहन गौतम (सिन्धुली), कृष्ण घिमिरे(सिन्धुपाल्चोक) र रमेश दर्जी(काभ्रे) निर्वाचित हुनुभएको संगठनले जनाएको छ ।

यसैगरी सम्मेलनले ३ नम्बर प्रदेश कमीटीको महासचिवमा भिमप्रसाद पोखरेल (काठमाडौं)लाई निर्वाचित गरेको छ । त्यस्तै, अर्थ–उपमहासचिवमा गुरु पौडेल(चितवन) र उपमहासचिवमा शम्भु लामा(मकवानपुर) निर्वाचित हुनुभएको छ । संगठनले चारजना सचिवहरु समेत निर्वार्चित गरेको छ । जसमा नारायण देवकोटा(रसुवा), तारानिधि दाहाल(भक्तपुर), निमा लामा(रामेछाप) र गणेश लामिछाने(नुवाकोट) रहेका छन् ।

सम्मेलनले काठमाडौं रत्नराज्य माविका जीवनप्रकाश रेग्मकिो अध्यक्षतामा सल्लाहाकार समिति समेत निर्वाचित गरेको संगठनले जनाएको छ । निर्वाचित भएसँगै नवनिर्वाचित अध्यक्ष तामाङले शिक्षकहरुको अधिकार र शैक्षिक रुपान्तरणका पक्षमा निरन्तर काम गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, नवनिर्वाचित महासचिव पोखरेलले शिक्षक वर्ग र नेपालको शैक्षिक विकास र समृद्धिको पक्षमा देखिनेगरी काम गर्ने बताए । ‘अब युएण्टो ३ नम्बर प्रदेशले नमुना र अनुकरणीय अभ्यासहरु गर्नेछ ।