आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा गरि मनाईदै

काठमाडौं,कात्तीक,२७-आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन, गोवर्द्धन पूजा गरि मनाइँदैछ।

कार्तिक शुक्ल प्रतिपदाको दिन आज दिन गोवर्द्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरेर मनाइँदैछ।यस दिनमा लिपेर सफा गरिएको घर आँगनमा गाईको गोबरको पर्वत बनाएर पूजा गर्ने प्रचलन छ।

धर्मशास्त्रअनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलका बासिन्दालाई अतिवृष्टिबाट जोगाएकाले त्यसको स्मरण गर्दै गोवर्द्धन पर्वतको पूजा गर्ने परम्परा चलेको हो।

आज मानिसले खाने प्रमुख आहारा अन्नबाली उब्जाउँदा खेतमा जोतिने गोरुको पनि पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ।