आज म्हःपूजा : नेवार समुदायमा (आत्मपूजा) गरि मनाइँदै

काठमाडौं,कात्तीक,२७-आज नेवार समुदायको नयाँ वर्ष तथा नेपाल संवत् ११४४को पहिलो दिन म्हःपूजा (आत्मपूजा) गरि मनाइँदैछ।

समग्र देवता, उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरिरभित्र रहेको विश्वास गर्दै आफूलाई चिन्न प्रेरित गर्ने पर्वको रुपमा म्हःपूजा गर्ने गरिन्छ।

आत्मशान्तिका लागि यस दिन तान्त्रिक विधिपूर्वक आफ्नो शरिरलाई पूजा गर्ने परम्परा रही आएको छ।

म्हःपूजाका दिन नेवार समुदायका हरेक सदस्यले मण्डप बनाएर पूजा आराधना गर्ने गर्दछन्।मानिसभित्रको शक्ति दिपको रुपमा प्रकट गर्न म्हःपूजा गर्ने परम्परा रहिआएको छ।

नेपाल संवत सूरु हुने दिन म्हः पूजा गर्ने परम्परा रहेपनि तिथि घटवढ भएका कारण यसपटक आज म्हःपूजा गरिँदैछ।

राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरेर नेपाल संवत्को सुरुआत गराएका थिए।