युवाहरुको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुखमा केपि खनाल नियुक्त

कैलाली,भदौ,६-

“समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुख मा आज सामर्थ्य नेपालको केन्द्रिय समिती ले सुदुरपच्चिमका सक्रिय युवा केपि खनाल लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ ।

पश्चिम नेपाल प्रमुख : केपि खनाल

समितीका अनुसार देशमा भैरहेको सामाजिक ,आर्थिक ,राजनीति बिकृतीलाई हटाउन तथा समाजमा युवाहरूलाई सक्रिय बनाउन यो संस्था गठन भएको जस अन्तरगत सुदुर तथा मध्यपश्चिम को सम्पुर्ण जिल्लामा गठन गर्ने जिम्मा खनाललाई दिएको जानकारि प्राप्त भएको छ ।

त्यस्तै नवनियुक्त खनालले आफूले सकेसम्म बिना राजनीति हस्तक्षेप सामाजमा भैरहेको बिकृतीलाई निर्मुल पार्न सम्पुर्ण युवाहरूलाई एक जुटा बनाएर अघि बड्ने जानकारी दिनु भएको छ ।