बढि शुल्क लिएको भन्दै घोराहीमा बिद्यार्थी आन्दोलित

नरेश खड्का,

घोराहीमा,साउन,१०-

पदमोदय पब्लिक नमुना माबि घोराहीमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरु आन्दोलित भएका छन् । बिज्ञान संकायका बिद्यार्थीहरुले प्रयोगात्मक शिक्षाको लागि तोके भन्दा बढि शुल्क लिएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले आन्दोलन स्वरुप बुधबार बिद्यालयमा ताला बन्दी गर्ने समेत बताएका छन् ।

प्रयोगात्मक शिक्षाका लागि ६ हजार ५ सय भनिए पनि अहिले सम्म ९ हजार रुपैया लगिसकेको भन्दै आफुहरुले उक्त शुल्क खारेजीको माग गरेको बिद्यार्थीहरुले बताएका छन् । यदि माग पुरा नभए आन्दोलनका कार्यक्रममा थप शशक्त बनाउने समेत बिद्यार्थीहरु आकाश न्यौपानेले बताए ।

साथै बिद्यालयले मासिक शुल्क पनि चर्को लिने गरेको बिद्यार्थीहरुको गुनासो छ । अहिले बिद्यालयले १ हजार तीन सय देखी १ हजार ६ सय सम्म लिने गरेको भन्दै शुल्क समायोजन गर्न पनि माग गरेका छन् ।