कांग्रेसको तर्फबाट निर्बाचित भएका जनप्रतिनिधीहरुलाई सम्मान

मधुपौडेल,

बाँके,साउन,१०-

स्थानीय तहको निर्बाचन अन्तरगत नेपाली कांग्रेसको तर्फबाट बाँकेमा निर्बाचित भएका जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । नेपाली कांग्रेस निकटको नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले आज उहाँहरुलाई स्वागत तथा सम्मान गरेको हो । संघका अध्यक्ष सरोज शाहको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोईराला रहनु भएको थियो ।

कार्यक्रममा डुडुवा गाँउपालिकाका प्रमुख नरेन्द्र चौधरी, उप प्रमुख शाईदा बानो, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु चौधरी, राप्ती–सोनारी गाँउपालिकाकी उपप्रमुख धनी कुमारी खत्री लगायत स्थानीय तहमा निर्बाचित वडाध्यक्ष तथा सदस्यहरुलाई बधाई दिदैं सम्मान गरिएको थियो ।

उहाँहरुलाई प्रमुख अतिथि कोईराला, अध्यक्ष शाह लगायतले खादा ओढाएर सम्मान गर्नुभएको थियो । प्रमुख अतिथि कोईरालाले जनप्रतिनिधीहरुले अब जनताको पक्षमा काम गर्दै नगर तथा गाँउको बिकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

नजप्रतिनिधीहरुले अब नीतिहरु निर्माण गर्दा जनता र समाजको उन्नति र प्रगति हुने किसिमको बनाउन प्रमुख अतिथि कोईरालाले सुझाव दिनुभयो । कार्यक्रममा स्थानीयबासी, उद्योगी ब्यवसायी, जनप्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।