आफ्नै परिश्रमले घरपरिवार चलाउदै आएकी सुर्जा परियारको घरनै रहेन

केपि खनाल क्षेत्र/

लम्किचुहा कैलाली ,साउन,३१-

लामो समय देखि देशभरी आएको बाडीपहिरोले जनताको जनजीवन कष्टकर बनायो नै त्यसगरी हिजो राती आएको हावाहुरी सङगैको वर्षाले लम्किचुहा नगरपालिका वार्ड ०३ व्यवस्थित नगरमा बिगत लामो समय देखि आफु एकल महिला भएर घरमै सिलाई कटाई गर्दै आफू र आफ्नो परिवारको पेट गुजारा गर्नु भएकी सुर्जा परियारको घर भत्किएको छ ।

जानकारिमा आए अनुसार हिजो अबेर राती घर भत्किएको हो घर भत्किए संगै उद्वारमा त्यहि राती नै त्यहाँका वार्ड अध्यक्ष भक्तबहादुर चलाउनेले इलाका प्रहरी कार्यलय लम्किबाट प्रहरीलाई उद्वारमा खटिन अनुरोध गर्नु भएको थियो ।

त्यसैगरि उद्वारमा प्रहरी,स्थानीय वासि लागिरहेको जानकारी प्राप्त भएको छ । घर भत्किएर लाखौंको नोक्सान भएको र एकिन नोक्सानको खबर आउन बाकी छ । त्यस्तै पिडित परियारले बिहानी अनलाइनका सम्वाददाता केपि खनाललाई जानकारी दिदै सबैलाई सहयोग गरिदिन अनुरोध गर्नु भएको छ ।