चौंथो समर कप आज : समय मै उपस्थीत हुन सबै टिमलाई आयोजकको आग्रह

फुकुओका,जापान,भाद्र,७-

जापानको फुकुओकामा आज शनीबार फुटसल प्रतीयोगीता हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो ।

उक्त प्रतीयोगितामा १६ वटा टिमले सहभागीता जनाउदैछन् । प्रतीयोगिता ( 福岡市博多区井相田2- 3-3 ) अर्थात फुकुओका सी हाकाताकु इसोदा २-३-३ मा हुनेछ । प्रतीयोगीतामा सहभागी टिमलाई दिँउसो १ बजे भित्र समय मै अनीवार्य उपस्थीतीको लागी आयोजकले आग्रह गरेको छ । 

उक्त प्रतीयोगीतामा सहभागी हुने टिमहरुलाई ४ वटा ग्रुपमा टिम विभाजन गरिएको छ । 

( आज हुने प्रतीयोगीताको टाई – सिट हेर्नुहोस् ।)

प्रतीयोगीतामा विजयी हुनेलाई ३ लाख जापानीज येन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने उपविजेतालाई १ लाख ५० हजार येन ट्रफि मेडल त्यस्तै तेस्रो रनर अप हुनेलाई अर्को वर्षको समर कप प्रतीयोगीतामा दर्ता शुल्क लाग्ने छैन्  ।