काँग्रेसका उम्मेदवारको घरमा बम भेटियो

रमित बि.क.,

बाजुरा,असार,१३-

बाजुराको बुढिनन्दा नगरपािलका वडा नं.२ मा बम भेटिएको छ । नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार पदम कुमार गिरीको घरको गेटमा प्लाष्टिकले बेरेर राखिएको अवस्थामा भटिएको प्रहरीले बताएको छ । सानो बाल्टिनमा तार जोडेर बेरिएको देखेपछि सोही घरको महिलाले खुला ठाउँमा राखेको प्रहरी निरिक्षक राज कुमार भट्टले बताउनुभएको छ ।

सुरुमा स्थानियले बाल्टिन भनेर समातेका थिए । त्यसपछि उनीहरुले संकास्पद वस्तु हो भनेर छोडेका थिए । कोल्टीमै रहेको लालटिन बजार नेपाली काँग्रेसका मेयरका उम्मेलवार पदम गिरीको घरको गेटमा २ वटा बम भेटिएका हुन् । बममा ‘नेकपा’ समाजवाद लेखिएको प्रत्यक्षदर्शी रविन्द्र रोकायाले बताउनुभएको छ ।

दुबै स्थानमा फेला परेको बमलाई नेपाली सेनाको डिष्पोजल टोलीले निष्क्रिय पारिसकेको प्रहरी निरिक्षक राजकुमार भट्टले जानकारी दिनुभएको छ । निर्वाचन विरोधी समुहले त्रास फैलाउन राखेको हुन सक्ने अनुमान प्रहरीको रहेको छ । बम फेला परेपछि स्थानिय त्रसित भएका छन् ।