गुल्मी सेवा समाज युएईले तिज विशेष समुन्द्री भोज (दर खाने) कार्यक्रम गर्ने

युएई,साउन,२५-

गुल्मी सेवा समाज युएईले विगतको वर्षहरुमा झै यस वर्ष पनी तिज विशेष समुन्द्री भोज ( दर खाने ) कार्यक्रम गर्ने भएको छ । कार्यक्रम भाद्र ६ गते शुक्रबार अर्थात अगष्ट २३ तारिखका दिन हुने भएको हो ।

हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको अवसर पारेर समुन्द्री भोज दर खाने कार्यक्रम रामु श्रेष्ठको संयोजनमा गर्न लागिएको गुल्मी समाज युएई का प्रवक्ता किसोर केसीले बिहानी अनलाईन लाई जानकारी दिनुभयो ।

प्रबक्ता केसीका अनुसार संघको २०१९ को अधिवेशन पश्चात यो पहिलो कार्यक्रम रहेको बताउनुभयो । उहाँले भन्नुभयो कार्यक्रममा प्रमुख संरक्षक कृष्ण गौतम सहित निबर्तमान संस्थाका अध्यक्ष लक्ष्मण अर्यालको अहम भुमिका रहेकोले यसले नयाँ कार्य समितीलाई अझ बढी उत्साहपुर्ण थपिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो अन्य संघ संस्थाले नेपालबाट कलाकार लिएर कार्यक्रम गरेपनी हामीले भने स्थानीय कलाकारलाई स्थान दिनेछौं । यस्तै संस्थाका अध्यक्ष रुद्र थापाले अहिलेको कार्य समिती प्रती हामी उत्साहित छौ कार्यक्रम एकदम भव्य र सव्य हुने बताउनुभयो ।

यसैगरी संस्थाका महिला उपाध्यक्ष सिता के सि ले विदेशी भुमीमा रहेपनी कार्यक्रममा परम्परागत शैलीमा नाच्ने गाँउने कुरा उल्लेख गर्नुभयो । कार्यक्रम यूएईको रमी क्रुज ( कृक देरा दुबई रोलेक्स टावर अगाडी दिउँसो १:३० बजेबाट सुरु हुने प्रबक्ता किसोर कि सी ले जानकारी दिनुभयो ।