निर्धक्क भोट हाल्ने वातावरण बनाउन सुरक्षा समितिलाई:पूर्व गृहराज्यमन्त्री बाँनियाको अनुरोध

रमित बि.क.,

बाजुरा,असार,१३-
नेपाली काँग्रेसका नेता एवं साँसद पूर्व गृहराज्यमन्त्री ईन्द्र बाँनियाले निर्धक्क रुपमा भोट हाल्ने वातावरण बनाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्नुभएको छ । नेपाली काँग्रेस बाजुराले गरेको साक्षात्कार र प्रेस युनियन बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलन एवं सुरक्षा निकाय संग कुरा गदैँ उहाँले यस्तो बताउनुभएको हो ।

बाजुरामा पछिल्लो समयमा बिभिन्न झड्पहरु भएकाले जिल्लाको शान्ति सुरक्षा र निर्धक्क रुपमा जनतालाई भोट हाल्ने वातावरण सिर्जना गर्ने आग्रह गर्नुभएको छ । मतदान केन्द्र र मतदाताको सुरक्षा र जनतालाई भयरहित वातावरणमा स्वतन्त्र मतदान गर्ने पाउनुपर्ने बताउनुभएको छ ।

बिशेषगरी छेडेदह गाउँपालिकाको डोगडी, साविकको ब्रमतोला, हिमाली गाउँपालिका रुगीन र गौमुल गाउँपालिका वडा नं.६ बसालामा भएको घटना भएको प्रति दुःख व्यतm गदैँ ती ठाउँमा शान्ति सुरक्षा मजबुत बनाउन आग्रह गर्नुभएको छ । जिल्लाको विकासका लागी यहाँका राजनितिक दलले एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।