काठमाडौं,बैशाख,११-जनता समाजवादी पार्टीले यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।
जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।
के छ घोषणापत्रमा?
घोषणापत्रमा वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइने, कार्यालयमा सेवा लिन आउने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने उल्लेख छ।