देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण

काठमाडौं,बैशाख,११-देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो।आइतबार कोरोनाको संक्रमणबाट २५ जना मुक्त भएका छन्

हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन् ।बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।