प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुने

मंसिर २१ गतेको लागी अर्को मिति तय

काठमाण्डाैं,भदौ,१४-

सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेको अर्को मिति तय गरेको छ ।सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो ।

आज बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरि दोश्रो चरणको निर्वाचनको मिति मंसिर २१ गतेलाई तोकेको हो ।

बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी राजनीतिक समितिले निर्णय गर्ने र संबैधानिक परिषद्बाट पदाधिकारी सिफारिस गर्ने गरि राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय बैठकले गरेको सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।

एसियाली विकास बैकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अरब ४८ करोड ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले सहायक रथी राजेन्द्र कार्कीलाई उप रथीमा बढुवा गर्दै भुमिसुधार सचिव कृष्ण प्रसाद देवकोटालाई आपुर्ति मन्त्रालयमा , भुमिसुधारमा शम्भु कोइरालालाई, खानेपानीमा कृष्णराज विसी र महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयलाई लैजाने निर्णय सरकारले गरेको छ ।

सरकारले केही अनुसन्धान निर्देशकको पनि बढुवा गरेको छ । अनुसन्धान निर्देशक पदमा हुतराज थापा लगायत तीन जनालाई बढुवा गरिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी केही प्रहरी वरिष्ठ उपरीक्षक पदको दरबन्दी खारेज गर्ने र प्रहरी नायब महानिरीक्षक पदको दरबन्दी कायम गर्ने सम्बन्धमा सामान्य छलफल भएपनि निर्णय नभएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।नेपालवाणीबाट