काठमाण्डु,भक्तपुर,ललितपुर र भरतपुरमा मतगणना प्रक्रिया आजै सुरु हुने

जिल्लाका अन्य ३ नगरपालिकाहरुमा पनि आजै मतगणना गर्ने तयारी

काठमाडौ, वैशाख ,३१-

मतदान समय सकिएसँगै उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा आजै मतगणना सुरु हुने भएको छ ।

जिल्ला निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार भक्तपुरका चारै नगरपालिकामा पनि आजै खमतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने र गणना सुरु गरिने ललितपुरका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जनकारी दिनुभयो ।

ललितपुर महानगरपालिकाले वडा नम्बर १ बाट मतगणना थाल्ने तयारी भएको छ । प्रमुख निर्वाचन अधिकृत दवाडीले उम्मेदवारहरुले नै आजदेखि मतगणना गर्न चाहेकाले त्यस्तो तयारी गरेको बताउनुभयो ।

यस्तै भक्तपुर नगरपालिकाले पनि आजैबाट मतगणना गर्ने तयारी रहेको छ । प्रमुख निर्वाचन अधिकृत भोजराज शर्माले सर्वदलिय बैठक राखेर आजैबाट मतगणना गराउन लागेको जनकारी दिनुभयो ।

सबै केन्द्रबाट मतपेटिका आएपछि दलहरुको सहमतिमा आजैबाट मतगणना थालिने उहाँले जनकारी दिनुभयो ।

यसैविच चितवनको भरतपुर महानगरपालिकामा सबै वडाको मतपेटिका संकलन भइसकेपछि मत गणनाको प्रक्रिया सुरु गरिने भएको छ । ​

चितवनको कालिका नगरपालिका बाहेक सबै तहको मतपेटिका संकलन सकिएपछि मत गणनाको प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतपेटिका संकलन आइतबार राति १ बजेसम्म सकिने छ । चितवनमा कुल तीन लाख १३ हजार दुई मतदाता मध्ये आइतबार दुई लाख ४१ हजार एकसय २९ जनाले मतदान गरेका छन् ।
प्रमुख निर्वाचन अधिकृत शर्माका अनुसार जिल्लाका अन्य ३ नगरपालिकाहरुमा पनि आजै मतगणना गर्ने तयारी गरेको बताउनुभएको छ ।