पूर्ण ढकाल,
नेपालगन्ज, बैशाख,३१-
स्वास्थ-बिज्ञानको सहयोगले गर्दा प्रमाणजन्य तत्वको बिस्वस्नियतामा वृद्धि गरि न्यायपार्न सहजहुने भएकोले आधुनिक न्यायसम्पादनमा स्वास्थकर्मीको रुपमा रहेका डाक्टर तथा नर्सको भुमिका उल्लेखनीय हुने बताईएको छ ।
नेपालगन्ज स्थित भेरी नर्सिङ कलेजका नर्सिङ बिद्यार्थीहरु सङको आईतवार सम्पन्न नागरिक सम्बाद कार्यक्रमका क्रममा उक्त कुरा अतिथि जिल्ला अदालत बाकेका न्यायाधीश श्रीमान तेजनारायण पौडेलले बताउनु भएको हो ।
कार्यक्रममा जिल्ला न्यायाधीश श्रीमान मदन धामीले फौजदारी र देवानी दुबै मुद्दामा स्वास्थकर्मीको रिपोर्टले न्याय सम्पादनमा सहज भएको प्रस्ट पार्दै भन्नुभयो-“कतिपय मुद्दामा ब्यक्तिले गरेका कुरा भन्दा स्वास्थकर्मीले दिएको रायको कारण न्याय गर्न सहज भएको छ” वहाले सम्बादका क्रममा विद्यार्थीहरुबाट आएको जिज्ञासा
समाधान गर्दै अति बिरामी ब्यक्तीले चाहेमा आफ्ना अङ अन्य ब्यक्तिलाई दिन, मेडिकल सेवाबाट मृत्यु सुबिधा पाउन कानुनि बाटो नभएको भयपनि समय सापेक्ष रुपमा कानुनमा परिवर्तन हुन आवश्यक रहेको औल्याउँनु भयो ।
न्यायको लागि गरिब नागरिकको लागि सरकारले पनि शुल्क कानुनी ब्यबस्था गरेको हुनाले बैतनिक वकिल मार्फत पैसा नहुनेहरुको लागि पनि न्यायको ढोका खुला रहेको जिल्लान्यायाधीश श्रीमान दिपक ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा नर्सिङ पेसाकर्मी सबिता आचार्य, प्रीति रावत, नन्दिता रिजाल, नर्सिङ बिद्यार्थी निलम चौधरी, निर्मला पन्त लगाएतले अस्पतालमा तथा अन्य स्वास्थ्य स्थलहरुमा कार्यगर्दा हुनसक्ने कानुनी समस्याका विषयमा जिज्ञासा समेत राखेका थिए ।
सो सम्बाद कार्यक्रममा न्याय सङ स्वास्थको सम्बन्धबारे स्पष्ट पार्दै जिल्ला अदालत बाकेका रजिस्ट्रार दन्ड्पाणी लामिछानेले आफुलाई अन्याय परेको सहेर बस्नु अन्यायलाई बढाउनु भएकोले न्यायको बाटो रोज्नपर्ने बताउनुभयो । उहाले पहिलेजस्तो न्याय प्रणाली नभैइ अहिले चुस्त र दुरुस्त रहेकोले न्यायबाट कोहिपनि बन्चित हुन नपर्ने औल्याउँनु भयो ।
भेरी नर्सिङ कलेज, बाकेका संचालक सन्जय सिंहको सभापतित्व संचालित कार्यक्रममा सन्चालक रेवती सिंह, अधिवक्ता पूर्ण प्रसाद ढकाल, जनक शाही, भेरी नर्सिङका क्याम्पस प्रमुख एलिजा कोईरालाको लगाएतका ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।






