मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ २०७४ को अभियान बाजुरामा पनि सुरु

धुम्रपान तथा मद्यपान नगर्ने सहभागीहरुको प्रतिवद्धता

रमित बि.क,

बाजुरा,जेष्ठ ६-
नेपाल सरकाले सुर्ती तथा धुम्रपान नियन्त्रणका लागि नियमन गर्ने ऐन २०६८ निर्माण गरेको छ । जिल्लामा सुतीजन्य पदार्थ नियन्त्रण गर्ने ऐन २०६८ सम्वन्धी गोष्ठी सम्पन्न भएको छ ।

मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ २०७४ को अभियान आज देखि सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख १ गतेबाट संचालन गरेको कार्यक्रम बिहीबार देखि बाजुरामा पनि संचालन भएको जिल्ला स्वजास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

सुर्ती जन्य पदार्थले मानव शरिरमा हुने नकारात्मक असरलाइ न्युनीकरण गर्नका लागि उक्त कार्यक्रम संचालन भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताउनु भएको छ ।

कार्यक्रममा सहभागीहरुले मेरो पाँच वटा प्रतिवद्धता स्वस्थ जीवनको आवश्यकता भन्ने प्रतिवद्धताका धुम्रपान तथा मद्यपान नखाने,नियमित व्यायम गर्ने र पोषिलो खानेकुरा खाने,नियमित स्वास्थ्य परिक्षण गर्ने, र मेरो परिवारलाई समुदायिक स्वास्थ्य प्रति सजक रहन्छुु भन्ने प्रतिवद्धा जनाएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले धुम्रपान गर्दा मानव शरिरलाइ हुने विभिन्न खालका रोगहरुले आक्रमण गर्ने हुदा जिल्लाबासीहरुले आफु र अरुलाई पनि धुम्रपानबाट टाढा रहन आग्रह गर्नु भएको छ ।

उहाले धुम्रपान गर्दा खाने व्यक्तिलाई मात्र नभई धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर पर्ने हुदा चुरोट विडी र सुर्तीजन्य पदार्थ प्रयोग नगर्न लामिछानेले सुझाव दिनु भएको छ ।

धुम्रपान र मद्यपानले पैसा विना लगानीमा खेर जाने भएकाले धुम्रपान तथा मद्यपान नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा र आर्थीक अभिबृद्धि गर्न सुर्ति जन्य पदार्थको आयात उत्पादन बिक्रि बितरण तथा सेवन कार्यलाई न्युनिकरण नियन्त्रण तथा नियमन गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले सचेत नागरिकले आफ्नो बानी व्यवहार परिवर्तन गरीी धुम्रपान मद्यपान र सूर्तीजन्य चिजहरुलाई सबै लाई छोड्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले प्रतिबद्धता जाहेर गरेर मात्र नहुने सूर्तिजन्य धुम्रपान मद्यपान जस्ता चिजहरुलाई त्यागेर मानिसको जिवन शैली तथा बानि ब्यवहारमा परिबर्तन हुनु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै जिल्ला समन्वय समितिका स्थानिय विकास अधिकारी प्रकाश राज पौडेलले आफ्नै स्वास्थ्य र आफ्नै स्वस्थ जिवन बनाउनका लागी सबैले जिम्मेवार तरिकाले लाग्नु पर्नेमा जोड दिनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले गर्नु भएको थियो । कार्यक्रममा सुनौला हजार दिनका आमाहरु कार्यक्रमका जिल्ला संयोजक अशोक कुमार जोशीले पोषण र सूर्तीजन्य पदार्थका विषयमा कबिता मार्फत सन्देश दिनु भएको थियो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रमुख देबेन्द्र लामिछाने, स्थानिय विकास अधिकारी प्रकाश राज पौडेल, जिल्ला स्वास्थ्य कार्यालयका डा. रुपचन्द्र विश्वकर्मा ,प्रहरी नायव उपरिक्षक दल

बहादुर बोगटीको फोटो भएको ब्यानर सहित त्यहा उपस्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले पनि ५ वटा प्रतिवद्धता जाहेर गरेका छन् ।