अछाम क्षेत्र नं.१ मा नेपाली कांग्रेसको चुनावी अभियान तिब्र

सबिधान,लोकतन्त्र र लोकतान्त्रीक अधिकार रक्षाका लागी नेपाली काग्रेसलाई जित आवश्यक: खड्का

पुष्प कुवर/
अछाम,मंसिर,३-

नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १का प्रदेश सभाका उम्मेद्धार मेघराज खड्काले सबिधान,लोकतन्त्र र लोकतान्त्रीक अधिकार रक्षाका लागी नेपाली काग्रेसलाई जिताउन आग्रह गनु भएको छ ।

आज बाब्लामा आयोजित चुनाबि आम सभालाई सम्बोधन गर्दे पुर्ब जिल्ला पार्टी सभापति खड्काले २०६४ साल देखि २०७४ साल सम्म जनताले एमालेलाई जिताए पनि जिल्लाको समृद्धि र बिकासका लागी पुर्णरुपमा योगदान दिन नसकेकाले अब बिकासका लागि काग्रेसलाई जिताउन आग्रह समेत गनु भयो ।

उहाले जनताले चाहेको परीबर्तन नेपाली काग्रेसले मात्र गर्न सक्ने भएकाले जिल्लाका हरेका दुर्गम क्षेत्रलाई सुगम बनाउने समेत प्रतिबद्धता जनाउनु भयो ।

वर्डा कार्यसमितिका सभापति दान सि कुवरको अध्यक्ष्तामा भएको कार्यक्रमका प्रमुख अतिथि पुर्ब पार्टी सभापति नैन सि कडायत अन्य अतिथिहरुमा नेपाल समता पार्टीका केन्द्रिय सयोजक बिक्रम कुवर,महाधिबेशन प्रतिनिधि ध्वज बहादुर कुवर,चुनाब प्रचारप्रसार समितिका सयोजक राजेन्द्र कुवर,नगर सचिब कृष्ण कुवर लगातयले मन्तब्य राख्नु भएको थियो ।