चर्चित मोडल थापा म्युजिक भिडियो संगै कार्यक्रममा ब्यस्त

सिर्जना बर्देवा/
ओखलढुंगा ,मंसिर,४-
चर्चित मोडल बुद्धबिर थापा म्युजिक भिडियो संगै स्टेज कार्यक्रममा ब्यस्त देखीएका छन् । बाग्लुगंको गल्कोटमा जन्मीएका थापा गीतसंगीतमा निरन्तर लागी परेका छन् । भलिबल खेलाडी,संचारकर्मी हुँदै आफ्नो पहिचान बनाएका थापा गित संगीतमा छोटो समयमा व्यावसायिक र चर्चा कमाएका छन् ।

गीतसंगीतको क्षेत्रमा लागेको ३ बर्ष नपुग्दै थापाले करिब ३०० भिडियोमा आफ्नो अभिनय देखाइसकेका छन साथै धेरैको मनमा बसिसकेका छन् । थापाले अभिनय गरेका धेरै गितहरु बजारमा राम्रो चलेका पनि छन् । साउदी मलेसिया,कति माया,आँसु पनि,म मरेको खबर,टुहुरो,हावा सरर,एक्लै एक्लै,कुकुर भुके भुक्छ,मगरको छोरो,सारा खुशी,पिरतिको बोटमा,बादलले रङ्ग जस्ता धेरै गितहरुमा उत्कृष्ट अभिनय गरेका छन् ।

पहिलो पटक बिदेश कतार कार्यक्रममा पुगेका उनी पछिल्लो समयमा नेपालमै धेरै कार्यक्रममा आफ्नो प्रस्तुति दिसकेका छन् । प्राय स्टेज कार्यक्रममा थापाले हसाउने र रुहाउने आफ्नो कला प्रस्तुत गर्ने गर्दछन् । प्राय केटा मोडल स्टेज कम हिडेको पाइन्छ र देख्न सकिन्छ भने थापा पछिल्लो समय म्युजिक भिडियो संगै कार्यक्रममा समेत हिड्ने गरेको देखिन्छ । थापाको साङ्गितिक यात्रा अझै सफल रहोस बिहानी अनलाईनको तर्फ बाट शुभकामना ।