वाम गठबनधन ओखलढुंगाको चुनावी सभा तालकोटमा सम्पन्न

सिर्जना बर्देवा /
ओखलढुंगा, मंसिर,३-
वाम गठबनधन ओखलढुंगाको चुनावी सभा आइतबार मोलुगं गाउँपालिका अन्र्तगत पात्लेको तालकोटमा सम्पन्न भएको छ । चुनावी सभामा गठबन्धनका संघीय प्रतिनिधि सभाका उम्मेदवार एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार र प्रदेश सभाका उम्मेदवार अम्बिरबाबु गुरुङ्घ, वाम गठबन्धनका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा सीता माझी, सृजना आले लगायतका राष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा पात्ले, श्रीचौर लगायतका स्थानीयहरुको सक्रिय सहभागीता रहेको पात्लेबाट कर्मा शेर्पाले बताउनुभयो । ओखलढुंगामा वाम गठबनधनले चुनाव प्रचार अभियानलाई आक्रामक बनाउँदै लगेको छ ।