सिद्धिचरण नगरपालिकामा किसान लेखपढ शिविर सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक,२३-
ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा २ दिने किसान लेखपढ शिविर बिहिबार सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघ,नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको आयोजनामा शिविर सम्पन्न भएको हो ।

हिजो देखि सञ्चालित शिविरमा सिद्धिचरण नगरपालिकाका वडा महासंघका अध्यक्ष तथा सदस्यहरु र नगर कार्यसमितिका पदाधिकारीहरु लगायत २० जनाको सहभागिता रहेको थियो ।

महासंघको संरचना र अभियान बारे जानकारी दिने तथा कृषि र किसानसंग सम्बन्धित नितिगत प्रावधान बारे जानकारी दिने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । शिविरकै अवसरमा पैरवी योजनाको पुनरावलोकन गरेको र आगामी योजना निर्माण समेत गरेको आयोजकको भनाइ छ । 

त्यसैगरी अहिलेको संरचना अनुसार किसानको बुझाइलाई एकरुपता गरेको जिल्ला परियोजना अधिकृत मुना वि.क.ले जानकारी दिनुभएको छ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालका केन्द्रीय कार्यकारी सचिव रामहरि शर्माले शिविरमा सहजीकरण गर्नुभएको थियो ।