भारतलाई एसिया कपको उपाधि

काठमाडौं,भदौ,३१-भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

सामान्य ५१ रनको लक्ष्यलाई ६.१ ओभरमा पूरा गर्दै भारतले एसिया कपको उपाधि जितेको हो।सामान्य रनको लक्ष्य पछ्याएको भारतले श्रीलंकामाथी १० विकेटले विजयी भयो।एसिया कपमा भारतको यो आठौं उपाधिसमेत हो।

भारतलाई जिताउन टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा भारतीय फास्ट बलर मोहम्मद शिराजले ६ विकेट लिए।

पहिलो ओभरमै जसप्रित बुमराहले विकेट लिएपछि शिराजले चौथो ओभरमा श्रीलंकालाई चार विकेट लिएर ध्वस्त पारेका हुन् । 

उनले एकै ओभरमा श्रीलंकाको चार विकेट लिएपछि श्रीलंका धर्मरायो।५.४  ओभरमा ५ विकेट पूरा गरेका शिराजले ११.२ ओभरमा व्यक्तिगत छैटौं विकेट लिए।७ ओभरमा १ मेडन राख्दै २१ रन दिएर शिराजले फाइनलमा ६ विकेट आफ्नो नाममा लेखाएका हुन् । 

हार्दिक पाण्ड्याले पनि २.३ ओभरमा ३ रन दिएर ३ विकेट लिए । भारतीय बलरसामु शुरूदेखि नै धर्मराएको श्रीलंका अन्ततः १५.२ ओभरमा ५० रन बनाएर अलआउट भयो । 

श्रीलंकाका लागि कुशल मेन्डिसले बनाएको १७ र दुशान हेमन्थले नटआउट बनाएको १३ रन नै उच्च दोहोरो अंकको रन बन्न पुग्यो । 

श्रीलंकाका ५ खेलाडीले कुनै रन बटुल्न सकेनन्।५० रन बनाउँदा श्रीलंकाले ५ वटा मात्रै चौका प्रहार गर्‍यो । 

भारतलाई १० विकेटले जिताउने क्रममा ब्याटिङ तर्फ भने ओपनर शुभमन गिलले २७ र इशान किशानले २३ रनको योगदान दिए।