आज पिएसजी विरुद्ध उरावा रेड डायमण्ड मैदान उत्रदै

खेल भरै बेलुकी ७:०० बजे सुरु हुने

फाईल तस्विर !!

टोकियो,जापान,साउन,७-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लवले आज शनिबार उरावा रेड डायमण्ड संग दोस्रो प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ। 

खेल साईतामा स्थित उरावा रंगशालामा जापानको स्थानीय समय अनुसार भरै बेलुकी ७:०० बजे सुरु हुनेछ।यसअघि पिएसजीले खावासाकी माथी २-१ गोलको सहज जित निकालेको थियो। 

विश्वकै चर्चित टिम पिएसजी संग आज भिड्ने उरावा रेड डायमण्ड बारे थोरै चर्चा गर्नु पर्दा !!

उरावा रेड डायमण्ड टिम कती बलीयो ? ईतिहासलाई फर्केर हेर्दा !

उरावा रेड डायमण्ड जापानको यस्तो टिम हो १९५० देखि विभिन्न १० क्लवहरुका सदस्यहरुको सहकार्यमा विभिन्न नामबाट परिमार्जित हुदै १९९२ मा उरावा रेड यायमण्ड नामबाट यो टिमको स्थापना भएको थियो । 

यो टिम १९९३ देखि हाल सम्म जापानको जे वान लिग खेल्दै आउने एकमात्र टिममा पर्दछ । उरावा रेड डायमण्डले सबै भन्दा पहिले २००३ मा यामाजाकी नाबिस्को कपको उपाधी जितेको थियो।

त्यपछि उसले २००५ र २००६ मा ईम्पेरोर्स  कपको उपाधी जितेको थियो।त्यसअघि ४ पटक सम्म ईम्पोरोर्स कपको सेमिफाईनलमा र २ पटक फाईनलमा हारेको थियो।उरावा रेड डायामण्डले २००६ मै जे वान लिगको उपाधी पनि जितेको थियो। 

लगातार उपाधी जित्दै आएको यो टिम २००७ मा एसियन कपको च्याम्पियन भयो, सोहि वर्ष जे वान लिग को रनअर अप समेत भएको थियो।२००८ भने यो क्लव एसियन च्याम्पियन लिगको सेमि फाईनलमा हारेको थियो।त्यसपछि लगातार उपाधी विहिन भएको यो टिमले २०१३ मा यामाजाकि नाबिको कप जितेको थियो । 

त्यसपछि यो क्लवले २०१६ मा (YBC Levain) कप जितेको थियो । यो क्लवले २०१७ मा सुरगा बैंक च्याम्पियनसिम जितेको थियो । 

२०१८ मा ईम्पेरोर्स कपको उपाधी जितेको थियो । भने २०१९ मा एफसी च्याम्पियन लिगको रनअर अप भएको थियो । भने फुजी छेरोक्स कपमा पनि रनअर अप नै भएको थियो । 

२०२१ मा (YBC Levain) कपको सेमिफानलमा हारेता पनि सोहि वर्ष ईम्पेरोर्स कपको उपाधी जितेको थियो।उक्त वर्ष जे वान लिगको छैटौं स्थान ओगट्न सफल भएको थियो । 

उरावा रेड डायमण्डमा कस्ता खेलाडी आवद्ध छन् ।।

उरावा रेड डायमण्डमा डेनमार्कका गोलकिपर आलुण्ड जंकर, विंगरमा नेदरल्याण्डका ब्रायन लिन्सन, मिडफिल्डरमा स्विडेनका डेभिड जोआकिम जापानका ओईसियो ओईजुमी, योसुके माचुमो,ताकाहिरो एकिमोतो, डिफेन्डरमा जापानको राष्ट्रिय टिमका खेलाडी हिरोकी साकाई , डेनमार्कका अलेक्जेंडर स्कोल्ज, फवार्डमा  नेदरल्याण्डका एलेक्स शाल्क जस्ता नामी खेलाडीको उल्लेखीय वर्चश्व रहेको छ ।

आज पिएस जी र उरावा रेड डायमण्डको खेल पनि निकै प्रतिस्प्रर्धा हुने अपेक्षा गरिएको छ । उरावा रेड डायमण्ड आफ्नो होम गराउण्डमा पिएसजी लाई हराउने लक्ष्यका साथ मैदानमा उत्रने योजनामा छ ।

तर सहज भने पक्कै पनि छैन ।किनकि पिएसजीमा विश्वका चर्चित खेलाडीहरु मेस्सी, नेयमार, बाप्पे, सर्जियो रामोस, भारती जस्ता खेलाडी तमतयार भएर बसेका छन् ।