आजको राशिफल ।। साउन ७ गते शनिवार ।।

काठमाडौं,साउन,७-आज विक्रम संवत २०७९ साल साउन महिनाको ७ गते शनिबार, (जुलाई २३ तारिख) कृष्ण दशमी तिथि !!

आज साउन ७ गते शनिवारको राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन रोकिएका अधुरा काम पुन: सुचारु हुनसक्छ।शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ।नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन स्वास्थ्यमा खर्च बढ्नेछ।यात्रामा मालसामान हराउन सक्छ।सानो तिना समस्यामा अल्झनुपर्नेछ।शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।नयाँ काम सुरु गर्ने समय छ।चलखीपूर्ण बोलीले काम बन्नेछ।भाग्यले विभिन्न अवसर जुराउनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन ठीक समयमा सही निर्णय लिन सकिनेछ।राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ।व्यापार व्यवसायमा सफलता मिल्नेछ।लाभदायक यात्रा पनि हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन भाग्यले विभिन्न अवसर जुराउनेछ।कुनै कुराले अनुहारमा कान्ति छाउनेछ।घरमा अतिथिको आगमन हुनेछ।सङ्गीतमा रुचि पनि बढ्नेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला।नियमित खर्चसमेत बढ्ने योग रहेको छ, तर अरुको साथ र सहयोग मिल्नेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ।प्रेम सम्बन्ध कसिलो हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन रोकिएका काम पुनः सुरु हुन सक्छन्।आर्थिक कारोबारमा सफलता पाइएला।मित्रबाट विशेष सहयोग मिल्नेछ।लाभदायक यात्रा पनि होला।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन अरुलाई प्रभावित पारेर काम बन्नेछ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।न्यायिक कार्यमा सफलता मिल्नेछ।व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन कुनै यात्रा र भ्रमण गर्नु पनि उचित छैन।तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला, साँझमा शुभ समाचार सुन्न पाइनेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।घरमा अतिथिको आगमन हुनेछ। भूमिबाट लाभ मिल्ला।साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल