कक्षा १२ को परिक्षा आजबाट सुरु

दाङ,बैशाख,१०
कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसी आजबाट शुरु भएको छ ।

आज विहान ७ बजेदेखि परिक्षा सुरु भएको हो । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मुलुकभरका ९ सय ९१ केन्द्रमा आज परीक्षा शुरु गरेको हो । परीक्षामा मुलुकभरका ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी छन् ।

सरकारले कक्षा दशको अन्तिम परीक्षालाई यसै वर्षदेखि माध्यमिक शिक्षा परीक्षा एसइइ नामाकरण गरेको थियो ।

यस्तै कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षालाई एसएलसी नामाकरण गरिएको छ । परीक्षा २२ गतेसम्म चल्नेछ ।