नेवार सेवा समितीको केन्द्रिय अध्यक्ष्यमा ताम्राकार

दाङ,बैशाख,११-
नेवार सेवा समिति केन्द्रिय समितिको छैठो राष्ट्रिय महाधिवेसनबाट नरेश ताम्राकार विजय हुनुभएको छ । बैशाख ८ गते देखि दाङको घोराहीमा सुरु भएको छैठो राष्ट्रिय अधिवेसनवाट ताम्राकार विजय भएको हो ।

शनिवार भएको निर्वाचनबाट ताम्राकार १९३ मत प्राप्त गरी विजय भएको बताएको छ । उनका प्रतिपछि पवित्र व्रजाचार्यले १५० मत प्राप्त गरेका थिए ।

त्यस्तै प्रदेश उपाध्यक्ष तर्फ १ नं प्रदेशको उपाध्यक्षमा कृष्ण उदास, २ मा शंकरराम श्रेष्ठ, ४ नं प्रदेश उपाध्यक्षमा शंकरनारायण श्रेष्ठ, ५ नम्वर उपाध्यक्षमा दिपककुमार श्रेष्ठ, ६ नम्वरमा विलन श्रेष्ठ र ७ नम्वर प्रदेश उपाध्यक्षमा एककुमार श्रेष्ठ चयन भएका छन् ।

प्रदेश नं ३ का लागि भने सवै पदमा निर्वाचन भएको थियो । प्रदेश नं ३ मा चन्द्रलाल राजभण्डारी ३१ मत प्राप्त गरी विजय हुनुभएको छ । त्यसैगरी खुल्ला पुरुष सदस्यमा माइलावावु द्यःला २४८, शान्त श्रेष्ठ १५८, बसान्ता श्रेष्ठ १४४, सत्यानारायण डंगोल १४३, अनिल मास्के १४१, महेन्द्र लिगल १२९ मत प्राप्त गरी विजय भएका छन् ।

महिला खुल्ला तर्फ यशोधादेवि श्रेष्ठ २६३, निर्मला श्रेष्ठ २४३ लक्ष्मी शाक्य २२८, सिता श्रेष्ठ २२३, लक्ष्मीला प्रजावती २११ र सुन्दरि श्रेष्ठ २१० मत प्राप्त गरी विजय भएको दाङ जिल्लाका सचिव रोषणमाण श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रदेश सदस्यमा प्रदेश नं १ मा कमल श्रेष्ठ, २ मा घनश्याम श्रेष्ठ, ४ नं मा देवेन्द्रकुमार श्रेष्ठ, ५ मा श्रीरत्नलाल शाक्य, प्रदेश नं ६ मा खगेन्द्रबहादुर श्रेष्ठ र प्रदेश नं ७ बाट विकाश श्रेष्ठ चयन भएका छन् । प्रदेश नं ३ मा भने हरिकुमार श्रेष्ठ ४१ मत प्राप्त गरी विजय हुनुभएको छ ।

२७ जना सदस्यहरु निर्वाचन बाट चयन तथा अन्य ६ जना केन्द्रले मनोनित गर्ने
आयोजकले जनाएको छ । निर्वाचित सदस्यहरुमा देश भरका ४ सय ५ जना
प्रतिनिधिहरुको महाधिवेसनमा सहभागीता रहेका थियो । महाधिवेसनमा ६४
जिल्लाका नेवारहरुले प्रतिनिधित्व जनाएको नेवा देय् दवू दाङ जिल्ला अध्यक्ष
नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।
यसैबीच दुइ दिन सम्म चलेको महाधिवेशनले दाङ घोषणापत्र जारी गरेको छ ।
घोषणा पत्रमा नेपालका समग्र नेवारहरुको साझा राष्ट्रिय संगठन नेवाः देय्
दबूको घोराहीमा ११३७ चौलागा दशमी र एकादशीका दिन संपन्न महाधिवेशनले
नेवारहरुको भाषा, कला र संस्कृतिलाइ विश्वभर प्रचारप्रसार, संबर्धन गर्दै
नेवार पहिचानलाइ अछिन्न राख्ने उल्लेख गरिएको छ ।
त्यसैगरी ऐक्यवद्ध नेवार समाज स्थापना गर्ने कार्यमा तत्पर रहि राज्यको हरेक
तहमा समावेशी, समानुपातिक प्रतिनिधित्व र पहितान स्थापना गर्ने कार्यमा
संसारका विभिन्न कुनामा छरिएर रहेका नेवारहरुलाइ संगठित गराउने पनि
घोषणा पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी संयुक्त राष्ट्रसंघको घोषणापत्र २००७ र अन्तराष्ट्रिय श्रम संगठन महासन्धि १६९ ले प्रत्याभुत गरेका अधिकारहरु सुनिश्चित बनाउन तथा नेपालको संविधानमा नेवारहरुको हक अधिकार सुनिश्चित गराउन पनि दवाव सृजना गर्दै जाने उल्लेख गरिएको छ ।

त्यस्तै प्रदेश नंवर ५ को राजधानी बन्ने तरखरमा रहेको यस मनोरम पर्यटकिय स्थल दाङमा शन्ति र सुव्यवस्थीत तवरले महाधिवेशन संपन्न गर्ने व्यवस्थापन समिति दाङ घोराही नेवार समितिका पदाधिकारी, जिल्ला कार्यसमिति तथा दाङबासी नेवार समुदाय लगायत विभिन्न संघसंस्था, सरकारी निकाय र अन्य सवैलाइ नव निर्वाचित केन्द्रिय समिति आभार व्यक्त गर्दै समेत गरीएको नव निर्वाचित अध्यक्ष नरेश कुमार ताम्राकारद्धारा जारी घोषणापत्रमा जनाइएको छ ।