ओखलढुङ्गामा आफ्नै बुहारीले गरे ससुराको हत्या

ओखलढुङ्गा,माघ,२४-

ओखलढुङ्गामा बुहारीले आफ्नै ससुराको हत्या गरेकी छन् । सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ३० वर्षिय तारादेवी गुरुङले करीब ७५ वर्षका आफ्ना ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन् ।

आपसी घरायसी अंशवण्डाको विवादका क्रममा तारादेवीले आज विहान आगो फुक्ने फलामको ढुंग्री टाउकोमा प्रहार गर्दा गुरुङको घटनास्थलमै ज्यान गएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।

चौकी नजिकै भएकाले अभियुक्तलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको मल्लले जनाएका छन् ।

छुट्टिएर अलगै घरमा बस्दै आएकी तारादेवीले पटक पटक ससुरा संग अंश तथा जग्गाको विवाद गर्दै आएको स्थानियले बताए । गुरुङ्गको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइको प्रहरीले जनाएको छ ।