कानून ब्यवशायी परिवर्तनका सम्वाहक

पूर्ण ढकाल
बाँके,पौष ८-उच्च उदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा।कुलरत्न भुर्तेलले  कानून ब्यवशायी समग्र देशको परिवर्तनको सम्वाहक भयकोले देशको महत्त्वपूर्ण  भूमिकामा रहने बताउनु भयो । नेपाल बार एशोसिएसनको ६१ औ स्थापना दिवसको अवसरमा उच्च अदालत वार एशोसिएसन नेपालगंज तथा बाँके जिल्ला बार एशोसिएसनको संयुक्त आयोजनामा बिहिवार नेपालगंजमा आयोजित न्याय सम्पादनमा कानून ब्यवशायीको भुमिका बिषयक कार्यक्रममा वरिष्ठतम न्यायधिस भुर्तेलले सो कुरा प्रस्ट पार्दै  नेपालमा भएका हरेक राजनैतिक परिवर्तन समेत  कानुन व्यावसायिको समन्वयमा हुने तर्क प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा बोल्दै बाँके जिल्ला अदालतका न्यायाधीश बिष्णु प्रसाद कोईरालाले मुद्धामा न्यायाधीशले गरेको गल्ती पुनरावेदन र सर्वोच्च अदालतले सच्चाउन सक्ने तर कानून ब्यवशायीले मुद्धा लेख्दा गरेको गल्ती सच्चाउन नसकिने भएकाले कानून ब्यबसायी आफ्नो कार्यमा झन जिम्मेवारी  हुनु पर्ने बताउनुभयो  । नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष शालिकराम सापकोटाले पेशागत हक हितका साथै दक्षता अभिबृदिमा कानून ब्यवशायीले आफूलाई समय अनुसार परिवर्तन गर्नुपर्ने औयाउनु भयो । कार्यक्रममा  कानून व्यवसायीहरुले कानूनी पेशालाई मर्यादित बनाउका लागि इमान्दारिता तथा दक्षतालाई परिस्कृत गर्दै जानुपर्ने  अधिवक्ता बसन्त गौतमले बताउनु भयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता लोकबहादुर शाहले न्याय सम्पादनमा कानून ब्यवशायीको भुमिका महत्वपुर्ण हुने भन्दै न्यायालयले कानून ब्यवशायीलाई न्याय सम्पादनको सहयोगीको रुपमा लिनु पर्ने बताउनु भयो । उच्च अदालत बार एशोसिएसनका नेपालगंजका अध्यक्ष बलबहादुर चन्दको सभापतित्व  र बाँके जिल्ला बारका सचिव मेहर सिंह खत्रीले संचालन गरेको कार्यक्रममा उच्च अदालतका रजिष्ट्रार खडकराज अधिकारी, बरिष्ठ अधिवक्ता भोलासिंह हमाल, नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्षद्धय टिकाजंग सिंह र प्रह्लाद बहादुर कार्की, अधिवक्ता बसन्त गौतम, बिश्वजीत तिवारी, बाँके बारका अध्यक्ष उदयराज बर्मा लगायतका कानून व्यवसायीहरुले न्यायालयमा हुने बिकृती र बिंसंगतिको अन्त्य गर्दै जनताको न्यायमा सहज पहुँचका लागी न्यायकर्मीले प्रभावकारी भुमिका खेल्नु पर्ने बताएका थिए ।

वक्ता कानून ब्यवशायीहरुले कानून ब्यवशायलाई आर्जन मुखि भन्दा पनि न्यायमुखि बनाउनु पर्ने भन्दै कानून ब्यवशायी जति इमान्दार, सक्रिय एवं ब्यवशायिक हुन सक्यो त्यति न्याय सम्पादनमा सघाउ पुग्ने बताएका थिए ।  प्रसाद बर्माको अग्रसरता मो वि।सं।२०१३ साल पौष ७ गते बसेको बैठकले कानून व्यवसायीको हकहित गर्ने र सवै कानून व्यवसायी एकजूट हुने मुख्य उद्देश्यका साथ नेपाल बार एशोसियसनको विधिवत रुपमा स्थापना गरेको थियो ।  एशोसियसनको जन्म भएको दिनको सम्झना र सम्मान स्वरुप प्रत्येक वर्षको पौष ७ गतेका दिन औपचारिक रुपमा बार दिवस बार डे मनाउने गरिन्छ ।