समुदायलाई न्याय दिलाउन सरकारी वकिलको भूमिका महत्वपूर्ण :राष्ट्रपति भण्डारी

काठमाडौँ, पुस  ८– राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायमा पहुँच नपुगेका समुदायलाई न्याय दिलाउन सरकारी वकिलको महत्वपूर्ण योगदान हुने बताउनुभएको छ ।महान्यायाधीवक्ताको कार्यालय नेपालले आज आयोजना गरेको ‘नेपालका सरकारी वकिलहरुको प्रथम सम्मेलन’ को

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण नागरिकलाई न्यायमा पहुँच पुर्याउनका लागि सरकारी वकिलको योगदान हुने बताउनुभयो ।राष्ट्रपति भण्डारीले फौजदारी न्याय प्रशासनको महत्वपूर्ण अङ्गका रुपमा रहेको महान्यायाधिवक्ता र सरकारी वकिलले कानुनी शासन कायम राख्न क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।