चालु आर्थिक बर्ष दाङमा दुई जिल्ला जोड्ने ५८ वटा सडक निर्माण हुदै

दाङ,बैशाख,५-
चालु आर्थिक बर्ष २०७३ र ०७४ मा दाङमा आर्थिक केन्द्र र दुई जिल्ला जोड्ने ५८ वटा सडक निर्माण भईरहेका छन् । ती मध्य चालुआर्थिक बर्षको दोस्रो चौमासिक सम्ममा पाँच वटा सडक मात्रै निर्माण पुरा भएका छन् ।

जिल्ला समन्वय समिति ( साबिक जिल्ला बिकास समिति ) दाङका अनुसार पञ्चकुले, सौडियार, धर्ना र हासिपुरका दुई वटा सडक निर्माणको काम पुरा भएको छ ।

अन्य सडकहरु भने निर्माणको प्रक्रियामै रहेको जिल्ला समन्वय समिति ( साबिक जिल्ला बिकास समिति ) दाङका नायब शुब्बा टेक बहादुर खड्काले बताउनुभयो । संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले दाङमा आर्थिक केन्द्र र आन्तरिक सञ्जालमा दुई जिल्ला जोड्नका लागि दुई करोड ७७ लाख बजेट बिनियोजन गरेको छ ।

जिल्लाको विकासका कामलाई गति दिन र स्थानीय उत्पादनलाई बजार सम्म पु¥याउनका लागि आर्थिक केन्द्र र दुई जिल्ला जोड्ने सडक निर्माण गर्न लागेको हो ।

जिल्लाका अति दुर्गम बस्तीका सर्वसाधारणलाई सडकको पहुँचमा ल्याउन मन्त्रालयले आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडकको लागि बजेट बिनियोजन गर्न लागेको हो । मन्त्रालयले सडक कालोपत्रे, सडक निर्माण, ग्राबेल, नाला निर्माण गर्न बजेट बिनियोजन गरेको हो ।।